मुख्यमन्त्री राई के बिहेको कुरा छिन्न अमेरिका गएका हुन् ?
काठमाडौं । घाँटीको उपचारका लागि भनेर थाइल्याण्ड गएका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई अचानक अमेरिका पुगे । बैककस्थित ब्रुमुनग्राड इन्टरनेशनल अस्पतालमा उनेको घाँटीको परीक्षण भयो । त्यसको रिपोर्ट कात्तिक २७ मा मात्रै आउने भएपछि उनी अमेरिकातर्फ गएको बताइयो ।
अमेरिका भ्रमण उनको निजी र पारिवारिक भएको खबरहरु सार्वजनिक भएका छन् ।
सम्बद्धस्रोतको दावीअनुसार चाहिँ उनी बिहेको कुरा छिन्न अमेरिका गएका हुन् । बिहे निजी भएकोले उनको अमेरिका भ्रमण पनि निजी तवरबाटै तय गरिएको छ –स्रोत भन्छ । अर्थात उनको भ्रमणको दायित्व सरकारले व्यहोरेको छैन । अमेरिकामा व्यापार गर्दै आएको एक जनजाति पारिवारकी ३० वर्षीय युवतीसँग मुख्यमन्त्री राईको कुरा चलेको बताइन्छ । अमेरिकाको न्युयोर्कमा रहेका मुख्यमन्त्री राई आफन्त साथीभाईहरुकोमा दिन मिलाएर बस्दै आएका छन् । उनी कुनै होटलमा बसेका छैनन् ।
बिवाह मुख्यमन्त्री राईको निजी मामिला भए पनि सार्वजनिक उच्च पदमा रहेका कारण उनका निजी विषय पनि जनचासोमा पर्नु स्वाभाविक हो । तर मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदी भन्छन्, ‘विवाह सम्बन्धी कुरा सत्य हाेइन । मुख्यमन्त्रीलाई विवादमा तान्ने प्रयास भइरहेकोले यो विवाहको कुरा पनि त्यस्तै त हैन भन्ने मलाई लागेको छ । अमेरिकामा पत्रकार कुटिएको कुरालाई जबर्जस्ती मुख्यमन्त्रीसँग जोड्नु, अमेरिका भ्रमणलाई ‘गुपचुप’ भनिनु आदिले शंका उब्जाएको छ ।’
शेरधन राई यसअघि केन्द्रमा संञ्चारमन्त्री हुँदा उनको विवाह नेमकिपाकी सांसद अनुराधा थापामगरसँग हुने चर्चा चलेको थियो । तर त्यो चर्चा त्यसै सेलायो । अहिले पुन शेरधन राईको विवाहको कुरा निस्केको छ । अमेरिकाकी युवतीसँग राईको विवाहको कुरा यदि हो भने ती युवती को हुन् त ? यो विषय अहिलेसम्म गोप्य नै राखिएको छ ।
एक पटक युवा संघकै युवती केन्द्रीय सदस्यले शेरधन राईले आफूमाथि शोषण गरेको आरोप लगाउदै विभिन्न मिडिया चहारेकी थिइन् । तर ती युवतीको कुरामा शंका गर्ने प्रशस्त आधारहरु देखिएपछि उनको विषयले महत्व पाएन् । विवाद भने सिर्जना गरेको थियो ।
र यो पनि
► महिला कार्यकर्तालाई च्याप्प पारेपछि शेरधन राई विवादमा, युवतीले लेखिन् यस्तो पत्र
► केटी काण्डमा परेपछि मन्त्री राईले अनलाइन निर्देशिकामा कडाइ गरेको खुलाशा