मनोरञ्जन

रणवीर ‘सि प्लेन’ मा जन्ती जाने, ‘जेम्स बोन्ड’ को फिल्म सुटिङ भएको ठाउँमा विवाह हुँदै

रणवीर ‘सि प्लेन’ मा जन्ती जाने, ‘जेम्स बोन्ड’ को फिल्म सुटिङ भएको ठाउँमा विवाह हुँदै

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण विवाहको लागि इटाली पुगिसकेका छन् । इटालीस्थित लेक कोमोमा उनीहरूको विवाह हुँदै छ जहाँ जेम्स बोन्ड अभिनित फिल्म ‘क्यासिनो रोयल’ को सुटिङ भएको थियो । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार, रणवीर सि प्लेनमा बारात लिएर जानेछन् । त्यस १४ ‘सिटर’ प्लेनमा उनका परिवारजन र साथी हुनेछन् । 

 

१४ नोभेम्बरमा दीपका र रणवीरको कोंकणी रीतिरिवाजमा विवाह हुनेछ । यसका साथै उनीहरूको सिन्धी रीतिरिवाजमा पनि विवाह हुनेछ । जहाँ सिन्धी रीतिरिवाजमा विवाह हुन्छ उक्त ठाउँमा हलिउड फिल्म स्टार वार्स ः एपिसोड २ मा भएको एक विवाहको दृश्य खिचिएको थियो । 

 

विवाहमा सहभागी हुने पाहुनाको लागि रणवीरले दुईवटा ‘लग्जरी यार्ट’ बुक गरिसकेका छन् । विवाहको लागि वेडिङ केक बनाउन स्विट्जरल्यान्डबाट सेफ बोलाइएको छ । विवाहमा नजिकका साथीभाइ र पारिवारको उपस्थिती हुुनेछ । २१ नेभेम्बरमा बेंगलरूमा र २८ नोभेम्बरमा मुम्बईमा रिसेप्सन हुनेछ ।  

रणवीर सिंह

विशेष