राखीले भेटिन् रामधुलाई, भनिन्, ‘अमेरिका गएर कुट्छु मेराे करङ गन्नेलाई’
एजेन्सी । हरियाणाको पन्चकुलामा ‘सिडब्लुई’ को रेस्लिङ कम्पिटिसनको समयमा राखी सावन्त घाइते भएकी छन् । आइतबार राती अन्तराष्ट्रिय महिला रेसलर द रेबेलले राखीलाई उचालेर रिङमा पछारिन् । जसकारण राखीको कम्मरमा चोट पर्यो ।
राखीले भारतीय सञ्चारमाध्यमसँग केह दिन पहिला तनुश्री दत्ता अमेरिकाबाट आएर आफूलाई हैरान बनाएको र अहिले ती अमिरिकी रेस्लर रेबेलले उनीसँग मारपिट गरेको बताएकी छन् । राखीले तनुश्रीलाई रेबेलमार्र्फत आफूलाई कुटपिट गराएको आरोप लगाएकी छन् ।
सार्वजनिक भएको एक भिडियोमा राखीले आफूसँग धोका भएको बताएकी छन् । उनले भनिन्, ‘म त्यहाँ डान्स गर्न गएकी थिएँ, फाइट गर्न होइन ।’ राखीका अनुसार उनी रेबेलले एक भारतीय महिलालाई फाइटको लागि चुनौती दिइन् जसकारण उनी रिङमा गइन् । उनले रेबेललाई आफूले डान्समा उनलाई हराउन सक्ने बताएकी थिइन् । तर, रेबेलले राखीसँग डान्स गरिसकेपछि अचानक राखीलाई उचालेर पछारिन् जसकारण राखीको कम्मर भाँचियो ।
उचालेर पछारेपछि राखी दश मिनेटसम्म उठ्न सकेकी थिइनन् । भिडियोमा राखीले आफू ठिक भएपछि अमेरिका पुगेर रेबेल र तनुश्री दुवैलाई पिट्ने बताइन् । रिपोर्टको अनुसार डाक्टरले राखीलाई केही हप्तासम्म आराम गर्न सुझाएका छन् ।