खेल

मंगलबार नेपाल र बंगलादेश भिड्दै 

मंगलबार नेपाल र बंगलादेश भिड्दै 

काठमाडौं । एसिया क्षेत्रको महिला छनोटमा समूहको अन्तिम खेलमा नेपालले मंगलबार बंगलादेशसँग खेल्नेछ । नेपालले दोस्रो चरणमा स्थान बनाउन बंगलादेशलाई भारी अन्तरले हराउनु पर्नेछ ।

 

म्यानमारको याङगोनको थुवान्ना स्टेडियममा हुने खेल नेपाली समय अनुसार सवा दुई बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा नेपाल अपराजित टिम भए पनि स्पष्ट जित भने निकाल्न सकेको छैन ।

 

यता बंगलादेश दुबै खेलमा भारी अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरीसकेको छ । आजको खेलमा नेपालले बंगलादेशलाई धेरै गोल अन्तरले हराएमा र भारत र म्यानमार बीचका खेलमा एक टिमले भारी अन्तरले विजयी भएमा नेपालले दोस्रो चरणमा स्थान बनाउनेछ ।

 

भारतले पहिलो खेलमा नेपालसँग एक एक गोलको बराबरी खेलेपछि दोस्रो खेलमा बंगलादेशलाई सात एक गोलले हराएपछि म्यानमारसँग समान चार अंक भए पनि गोल अन्तरको आधारमा समूहको शीर्ष स्थानमा छ । यस्तै म्यानमार दोस्रो स्थानमा छ ।

 

नेपालको दुई खेलबाट दुई अंक रहेको छ । यता म्यानमारले पहिलो खेलमा बंगलादेशलाई पाँच शून्यले हराएको थियो भने नेपालसँग बराबरी खेलेको थियो । 

बंगलादेश नेपाल

विशेष