विवाहमा आउने पाहुनालाई दीपवीरको अपिल, ‘उपहार हैन डोनेसन दिनुहोस्’
एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको विवाहको तयारी सुरू भइसकेको छ । विवाहको रिसेप्सनमा दुवैले आगन्तुकलाई उपहार नल्याउन सुझाएका छन् । यसको साटो उक्त पैसा डोनेसनमा दिन उनीहरूको आशा छ ।
दीपवीरले आफ्नो रिसेप्सन कार्डमा पाहुनालाई उपहार नल्याउन अपिल गरेका छन् । दुवै चाहन्छन् कि, यदि कोही पाहुनाले उनीहरूलाई उपहार दिन चाहेको खण्डमा उक्त रकम समाजसेवाको लागि दिने सुझाव छ । दीपवीर एक संस्था ‘द लिव लभ लाइफ फाउन्डेसन’ सँग जोडिएका छन् । त्यसकारण उनीहरू आफूलाई उपहार दिन चाहनेहरूले उक्त संस्थाको लागि सहयोग गरिदिऊन् भन्ने चाहन्छन् ।
रणवीर र दीपिकाको रिसेप्सन कार्डमा आम कार्डका तुलनामा धेरै भिन्न र हाइटेक देखिन्छ । उक्त कार्डमा रिसेप्सनमा आउने पाहुनालाई आफ्नो मोबाइलमा उक्त कार्डको ‘इ—इन्भाइट’ लिएर आउन सुझाइएको छ । सुरक्षालाई मध्यनजर गरेर विवाहस्थल भित्र जाने समयमा सबै आगन्तुकसँग भएको ‘क्यूआर’ कोडलाई स्क्यान गरिनेछ ।