मनोरञ्जन

‘द कपिल शर्मा शो’ पूनः प्रशारण हुने, पहिलो पाहुना सलमान खान 

‘द कपिल शर्मा शो’ पूनः प्रशारण हुने, पहिलो पाहुना सलमान खान 

एजेन्सी । बलिउडका चर्चित कमेडियन कपिल शर्मा टिभीमा कमब्याक गर्ने तयारी भइसकेको छ । केही समयअघि बन्द भएको ‘द कपिल शर्मा शो’ पूनः शुरू हुने भएको हो । यही नोभेम्बरबाट प्रशारण हुने भनिएको उक्त शो प्रोडक्सनको काम पूरा नभएको कारण सरेको छ । 

 

कपिल उक्त शोको पहिलो एपिसोड १६ डिसेम्बरमा छायांकन गर्नेछन् किनभने उनी १२ र १४ डिसेम्बरमा पन्जावमा विवाह गर्दै छन् । भारतीय सञ्चारमाधयमले जनाएअनुसार उक्त शोका पहिला पाहुना सलमान खान हुनेछन् । उक्त शोका प्रोडुसर पनि सलमान नै हुुन् । 

 

सलमान र कपिलले एकसाथ काम गर्ने खबरले धेरैलाई अचम्मित तुल्यायो । किनभने पछिल्लो वर्ष दुवैबीचको सम्बन्ध ठिक थिएन । सलमानले आफ्नो फिल्म ‘ट्युबलाइट’ कपिलको शोमा प्रचार गर्न मानेका थिएनन् । कपिलको साटो सुनिल ग्रोवरको शोमा सलमान फिल्मको प्रचार गर्न पुगेका थिए । जो कपिलका प्रतिद्वन्द्वी पनि हुन् । नजिकका स्रोतले जनाएअनुसार कपिलले ‘सुल्तान’ को प्रोमोसनको समयमा सलमानलाई घन्टौंसम्म कुराएका थिए । जसकारण दुवैबीच सम्बन्ध बिग्रिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । 
 

सलमान खान

विशेष