मनोरञ्जन

‘ठग्स अफ हिन्दूस्तान’ पछि अभिनयबाट ‘ब्रेक’ लिदैँ आमिर

‘ठग्स अफ हिन्दूस्तान’ पछि अभिनयबाट ‘ब्रेक’ लिदैँ आमिर

एजेन्सी । गजनी, थ्रि इडियट्सदेखि दंगलसम्म आमिर खानका हरेक फिल्मलाई दर्शकले यति माया दिए कि, यी सबै फिल्मले बक्स अफिसमा नसोचेको सफलता हासिल गरे । तर, हालै रिलिज भएको फिल्म ‘ठग्स अफ हिन्दूस्तान’ ले भने त्यति सफलता प्राप्त गर्न सकेन । 

 

फिल्मले पहिलो दिनमा धेरै राम्रो प्रतिक्रिया पाएको थियो । आलोचक र नकारत्मक ‘माउथ पब्लिसिटी’ का कारण दोसा्रे र तेस्रो दिन भने फिल्मले आशा गरेकोजस्तो राम्रो प्रतिफल पाएन । यहाँसम्म कि, आमिरका नजिकका साथीले पनि उक्त फिल्मप्रति नकारात्मक प्रतिक्रिया दिएका छन् । 

 

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार, यस्तो पनि चर्चा थियो कि, आमिरलाई फिल्ममा केही गलत छ भन्ने पहिला नै महशुस भएको थियो । जसकारण उनले फिल्मलाई स्तरीय रूपमा प्रचार गरेनन् । अहिले बलिउडमा आमिरले फिल्मबाट ब्रेक लिदैँ छन् भन्ने चर्र्चा चलेको छ । उनी प्रोडक्सनको काम सम्हालेर चाँडै नै आफनो ड्रिम प्रोजेक्ट ‘महाभारत’ को काम सुरू गर्नेछन् । जुन फिल्मलाई उनी आफैंले निर्माण गर्दै छन् ।   
 

आमिर खान

विशेष