कभर स्टोरी

जसको विरुद्ध नगरपालिकामा उजुरी छ, उसैको खादा ओढ्ने यि मेयर 

स्वामीजीको लीला, ओशो तपोवनमा नेताहरूको भेला

जसको विरुद्ध नगरपालिकामा उजुरी छ, उसैको खादा ओढ्ने यि मेयर 

काठमाडौं । ओशो तपोवनविरुद्ध स्थानीयले तारेकेश्वर नगरपालिकामा उजुरी गरेका छन् । तपोवनले वातावरण विगारेको, गैरसरकारी संस्थाले पालना गर्नु पर्ने नियम पूरा नगरेको, ओशोको विचार प्रतिकुल काम गरेको जस्ता गुनासो गर्दै नगरपालिकामा स्थानीयले उजुरी दिएका छन् । संघीय संरचनामा मुलुक गएपछि स्थानीय निकायलाई पनि केही न्यायिक अधिकार दिइएको छ । जसअनुसार तारकेश्वर नगरपालिकाका लागि ओशो तपोवन एक पक्ष र स्थानीय अर्को पक्ष भए । यस्तो अवस्थामा कुनै एक  पक्षको पृष्ठपोषण गर्नु न्यायिक सिद्धान्तविपरीत हुन जान्छ । तर तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले बुधबार ओशो तपोवन पुगेर आतिथ्यता ग्रहण गरे । खादा ओढे । आरती वा अन्य चाप्लुसीमा पनि सरिक भएको अनुमान छ । आफ्नो आरती गर्नेलाई छाडेर बोहोराले के स्थानीय आफ्ना मतदातालाई न्याय देलान ? 

 

यस विषयमा हामीले मेयर बोहोरालाई टेलिफोन सम्पर्क गरेका थियौं । तर उनले फोन उठाएनन् । कल ब्याक पनि गरेका छैनन् । 
तपोवनका विषयमा त्यसै पनि अनगिन्ती विवादहरु छन् । ओशो तपोवनले अवैध ढंगले भोगचलन गर्दै आएको शिवपुरी राष्ट्रिय निकुञ्जको जमिन फिर्ता गराउने निकुञ्जका प्रमुख संरक्षण अधिकृतको कमलजंग कुँवरको रातारात सरुवा गरेर निकुञ्ज विभाग पठाइयो । कारण स्पष्ट छैन । तर धेरैको अनुमान छ कि उनले ओशो तपोवनको कब्जामा परेको निकुञ्जको जमिन फिर्ता लिए । यो देशमा राम्रो गर्नेको भलो हुँदैन भन्ने गरिन्छ । नभन्दै कुँवरले पनि सरुवा हुनु पर्यो । सरकारी जमिन लिएर आफूखुसी गर्नेहरुको शक्ति कति रहेछ भन्ने यो तथ्यले अलिकति पुष्टि गर्छ । 

तपोवन धार्मिक क्षेत्र होइन । एउटा एनजिओ हो । यसले सरकारी जमिन लिएर बनाउनै नमिल्ने निकुञ्ज क्षेत्रमा कंक्रिटको सडक बनाएको थियो । मापदण्डअनुसार सरकारी बजेट यस्ता क्षेत्रमा कंक्रिटको सडक बनाउन भनेर दिनै मिल्दैन । तर नेपालमा यस्ता अनियमितता गर्न सरकारी पदाधिकारीहरु कहिल्यै पछि पर्दैनन् । रातो किताबमै राखेर ३ करोड रुपैयाँ निकुञ्ज क्षेत्रमा कंक्रिटको सडक बनाउन भनेर बजेट निकासा गरियो । कर्णालीमा ३ रुपैयाँको सिटामोल खाने सक्ने जनताको अवस्था छैन । पहुँच हुनेका लागि निकुञ्ज क्षेत्रमा मापदण्डले नै नमिल्ने स्थानमा ३ करोड बेफ्वाँकमा खर्च गरियो । त्यसो गरेपछि शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले जमिन ओशो तपोवनबाट खोसिदिए । खोस्ने अधिकृतको रातारात सरुवा गरियो । अब कुन शक्तिले यसो गरेको हो जो कोहीले अनुमान लगाउन सक्छ । 

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र अतिक्रमण गर्ने स्वामी कमलनयनाचार्यलाई पक्राउ गर्ने कुँवरलाई अघोषित कारबाही गरेर सरकारले शिबपुरी –नागार्जुन ल्याएको थियो । यहाँ पनि तपोवनबाट जमिन फिर्ता ल्याएपछि अर्को अघोषित कारबाही स्वरुप विभाग पठाइएको छ । अब प्रश्न उठछ् तपोवनले बनाएको भौतिक संरचना कुँवर नहुँदा भत्केलान् कि नभत्केलान् ?  

ओशो तपोवनमाथि भारतका विचारक ओशो रजनीशको कपिराइट उपभोग गर्ने पुनेस्थित ओशो फाउन्डेसनले अनधिकृत रुपमा ओशोका पुस्तक छापेर बेचेको आरोप लगाउँदै आएको छ । अरु नै कसैको कपिराइट सुरक्षित गरिएको पुस्तक नेपालमा एउटा एनजिओले छापेर बेच्नु आफैमा ठूलो दुस्साहस हो । तर नेपालमा चल्ने नै दुई नम्बरी काम हो, चलिरहेको छ ।

 

ओशो तपोवनका पदाधिकारीहरु खुलेआम अर्काको कपिराइट भएको किताब ‘छापेर बेचेको हो’ भन्ने गर्छन् । त्यति मात्रै होइन ‘ओशो’ भन्ने नाम नै ट्रेडमार्क हो । वृत्तमा अंग्रेजी अक्षर ‘टिएम’ लेखिएको छ भने त्यसलाई कसैको स्वामित्व भएको नाम रहेछ भन्ने बुझ्नु पर्छ । जस्तो कि नेपालमा चाउचाउ उत्पादन गर्न त पाइन्छ तर त्यो चाउचाउको नाम ‘वाइवाइ’ राख्न पाइँदैन । पेय उत्पादन गर्न पाइन्छ तर त्यसको नाम ‘कोकाकोला’राख्न पाइन्न । त्यसै गरी ओशो नाम नै ट्रेडमार्क भएकोले ‘ओशो तपोवन’ नाम राखेर ध्यान केन्द्र चलाउनु अरुको ट्रेडमार्कको दुरुपयोग गर्नु हो भन्ने दावी ओशो फाउन्डेसनको छ । ओशो तपोवनले एक विचारकलाई देवता बनाएर फिल्म ‘ओ माइ गड’मा जस्तै धन्दा भइरहेको आरोप पनि लाग्ने गरेको छ । 

विवादै विवादमा फसेको ओशो तपोवनमा भने नेता र जनप्रतिनिधिहरुको लर्को लाग्ने गर्छ । गोर्खामा बाबुराम भट्टराईसँग चुनाव हारेका नेकपाका नेता नारायणकाजी श्रेष्ठ बुधबार चार घण्टा गफ हाँकेर फर्के । ओशो तपोवन र नेता श्रेष्ठको सम्बन्ध पुरानो र सुमधुर हो भन्ने गरिन्छ । तपोवनले गोर्खामा नारायणकाजीलाई मत दिलाउन आफ्ना सन्यासीहरुमा अभियान नै चलाएको बताइन्छ । विवादै विवादमा परेका व्यक्ति र संस्थाहरुसँग नेताहरुको उठबस नौलो भने होइन । बोलीमै व्यभिचारको गन्ध आउने दुर्गा प्रसाईको घरमा प्रचण्ड–ओलीले ‘मार्सी भोजन’ गर्नु, कुनै बेला  ‘कुशल प्रशासक’ बाबुरामले नै भन्नु, आफ्नै श्रीमती पीडक कृपाशुर शेर्पालाई मन्त्री बनाउनु जस्ता प्रकरणले यि सबै सन्दर्भहरु स्वभाविक लाग्छन् । 

 

प्रभावशाली व्यक्तिहरुको आगमन हुँदा आरती नै गरेर खुसी तुल्याउने चलन ओशो तपोवनमा छ । धार्मिक कर्मकाण्डका विरोधी थिए –ओशो । अचम्म मान्नुपर्छ उनकै नाम जोडिएको संस्थाले आरती उतार्ने, खड्कुलोमा खुट्टा धुवाउने, मूर्ती स्थापना गर्ने, पूजाअर्चना गर्ने गरिरहेको छ । 

 

तपोवनले ध्यान केन्द्र भन्दा पनि सबै क्षेत्रका मानिसहरुलाई आफ्नो वरपर राख्ने, एउटासँगको तस्बीर देखाएर अर्कोलाई प्रभावित पार्ने, अर्कोको तस्बीर देखाएर फेरि अर्कोलाई प्रभाव पार्ने  प्रयास गरेको भन्नेहरु पनि छन् । नेता, सरकारी पदाधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायका व्यक्तिहरु, न्यायाधीश, स्थानीय निकायका प्रतिनिधिहरु बारम्बार तपोवन धाउँछन् । हालै तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा र वडाध्यक्ष वासुप्रसाद गौतम तपोवन पुगे । त्यसअघि प्रधानन्यायाधीश ओमप्रकाश मिश्र पनि पुगेका थिए । वर्षभर नै तपोवनमा उच्चपदस्थहरुको लाइन लाग्ने गर्छ । 
 

फोटो:स्वामी आनन्द अरूणको फेसबुक पेजबाट

र याे पनि, 

► ओशो तपोवनलाई तह लगाउने हाकिम भन्छन्, ‘अख्तियारको त्रास देखाउन खोजियो’(भिडियोसहित)

► जसको विरुद्ध नगरपालिकामा उजुरी छ, उसैको खादा ओढ्ने यि मेयर 

► दश दिन हिरासत बसेर जसले नेपाली समाजलाई ओशो चिनाए 

► अन्ततः छुटे देवसुन्दर

► फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना

► फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना

► ओशो तपोवनले कसरी सरकारी जमिनमा हालीमुहाली गरेको रहेछ ?  पढौं

► भारतका चर्चित ओशो सन्यासी अशोक भारतीले भने, ‘आनन्द अरुणले मविरुद्धको आक्रोश देवसुन्दरमाथि पोखे’

► स्वामी आनन्द अरुणको पोखरामा मूर्ति छ, दिनहुँ पुजा हुन्छ (भिडियोसहित)

► महिलालाई यस्तो गराउने सम्मानित, फोटो फेसबुकमा राख्ने हिरासतमा 

► ओशो तपोवनविरुद्ध उजुरीः ओशोको नाममा व्यापार गर्ने कर नतिर्ने !

प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो

► ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’

► भ्रम सिर्जना गरियोः ओशो तपोवन

► स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’ 

► स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ

► आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)

► ‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)

► ओशोका केही स्वामीहरु महिलाहरुलाई  ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)

तपोवन

विशेष