खेल

सन्दीपले आईपीएल खेल्ने पक्‍का, दिल्लीले नै सुरक्षित गर्‍यो 

सन्दीपले आईपीएल खेल्ने पक्‍का, दिल्लीले नै सुरक्षित गर्‍यो 

काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन्। 

 


उनलाई सिजनअघि नै पूर्वक्लब दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ (सुरक्षित) गरेको हो । आईपीएलमा खेलाडी अक्सनअघि आफूसँग भएका खेलाडी सुरक्षित गर्ने र छाड्ने अधिकार हुन्छ। 

 

त्यही अधिकार प्रयोग गर्दै दिल्लीले सन् २०१९ का लागि १४ खेलाडी सुरक्षित गर्दा सन्दीप पनि परेका हुन्। दिल्लीले रिटेनसम्बन्धी जानकारी सन्दीपलाई बिहीबार बिहानै गराएको थियो। अन्नपूर्ण पोस्टमा खबर छ । 

सन्दीप लामिछाने आईपीएल इन्डियन प्रिमियर लिग

विशेष