खेल

युईएफए नेसन्स लिगः क्रोएसियासँग स्पेन ३–२ ले पराजित

युईएफए नेसन्स लिगः क्रोएसियासँग स्पेन ३–२ ले पराजित

एजेन्सी । क्रोएसियाले युईएफए नेसन्स लिगमा स्पेनलाई पराजित गरेको छ । जाग्रेवस्थित मैदानमा भएको खेलमा घरेलु टिमले स्पेनलाई ३–२ ले पराजित गरेको हो ।

 

 

क्रोएसियाको जितमा टिन जेट्भाजले दुई गोल गरे । पहिलो हाफ गोलरहित बनेको खेलको पाँचै गोल दोस्रो हाफमा भएका थिए । 

 

 

७८औं मिनेटमा स्पेनले पेनाल्टी पायो । सिमे भ्रासाल्ज्कोले पेनाल्टी एरिया नजिकै बललाई हातले छोएपछि पाएको पेनाल्टीलाई सर्जियो रामोसले गोलमा परिणत गर्दै खेल फेरी बराबरीमा पुर्‍याए । जितसँगै क्रोएसियाले समूहमा चार अंक बनाएको छ ।

 

 

यस समूहमा स्पेन ६ अंकसहित शीर्ष स्थानमा छ भने इंग्ल्याण्ड चार अंक सहित दोस्रो स्थानमा छ । समान अंक भए पनि गोलअन्तरका आधारमा पछि पर्दै क्रोएसिया तेस्रो स्थानमा छ । 

क्रोएसिया स्पेन युईएफए नेसन्स लिग

विशेष