मुख्य समाचार

नेपाली कांग्रेस पार्टी कार्यालयमा भनाभन, देउवालाई घेराबन्दी

नेपाली कांग्रेस पार्टी कार्यालयमा भनाभन, देउवालाई घेराबन्दी

काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा नेपाल विद्यार्थी संघको नेतृत्वमा शनिबार भएको महाधिवेशनमा  नाराबाजी भएको छ। महाधिवेशन मार्फत नयाँ चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गर्दै नेविसंघका दुई समूहका बीच नाराबाजी भएको हो ।

 

बैठकमा सहभागी हुन आएका सभापति शेर बहादुर देउवालाई दुवै पक्षले घेराबन्दी गर्दै नाराबाजी गरे । नेविसंघले ३ महिना अघि पार्टी केन्द्रीय समितिमा पेस गरेको विधान र नियमावलि पास हुन नसक्दा नेविसंघको भावि नेतृत्वमा अन्यौल छाएको हो ।

 

महाधिवेशनका सम्बन्धमा छलफल गर्न बोलाईएको पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी हुन आएका नेताहरुलाई दबाब दिन दुवै पक्षले पार्टी कार्यालय परिसरमा नाराबाजी गरेका हुन् ।

 

पूर्व मन्त्री समेत रहेका केन्द्रीय सदस्य वीर बहादुर बलायरले शान्त बस्न आग्रह गर्दा नाराबाजीमा उत्रिएका विद्यार्थी र नेता बलायरबीच झण्डै हातहालाहालको अवस्था श्रृजना भएको थियो।

 

नेपाली काग्रेस केन्द्रीय समितिको बैठक सुरु हुन लाग्दा बैठकस्थल बाहिर नेविसंघका दुई समूह नाराबाजी गरेका हुन् । आईतबारदेखि सकिन लागेको वर्तमान समितिका विषयमा निर्णय गर्न पार्टी केन्द्रीय कार्यसमिति बैठक बस्न लाग्दा विद्यार्थीहरूले नाराबाजी गरेका हुन् ।

 

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको समूहले पार्टीले विधान कब्जामा राखेको भन्दै सार्वजनिक गर्न माग गर्दै नाराबाजी गरेका थिए भने अर्को समूहका विद्यार्थीले महाधिवेसन हुने वातावरण बनाउन माग गरेका थिए । पार्टी केन्द्रीय समितिको बैठक सुरु हुन सकेको छैन। कार्यालय परिसरमा दुवै पक्षका विद्यार्थीको नाराबाजी जारी छ । 

नेपाल विद्यार्थी संघ नेपाली कांग्रेस पार्टी

विशेष