मनोरञ्जन

एनटिभिले लोकदोहरी कार्यक्रम ल्याउँदै, सञ्चालक बद्री पंगेनी

एनटिभिले लोकदोहरी कार्यक्रम ल्याउँदै, सञ्चालक बद्री पंगेनी

काठमाडौं । नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटीभी प्लसले यसै महिनादेखि प्रत्येक हप्ताको सोमबार लोकदोहोरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

 

 

नेपाली जनमानसमा लोकप्रिय बन्दै गएको लोकभाका र लोकसंस्कृतिलाई संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले एनटिभी प्लसले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले बताए । 

 

 

प्रत्येक हप्ताको सोमबार साँझ ७ः३० बजे प्रसारण हुने उक्त कार्यक्रम वरिष्ठ गायक बद्री पङ्गेनलीले सञ्चालन गर्ने छन् । सो कार्यक्रममा मुलुकभर छरिएर रहेका लोकदोहोरी गायक गायिकाको सहभागिता रहनेछ । 

 

 

उक्त कार्यक्रमको छायाङ्कनस्थलका लागि एनटिभी प्लस र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) बीच शुक्रबार सम्झौतासमेत भएको छ ।

 

 

कार्यक्रममा एनटिभी प्लसका प्रमुख मनोहरि थापाले करीब २५ वर्षअघि नेपाल टेलिभिजनले लोकदोहोरी कार्यक्रम सुरु गरेको बताए । 

बद्री पंगेनी लोकदोहरी कार्यक्रम

विशेष