खेल

 पोखरा प्रिमियर लिगः चितवन राइनोजको लगातार दोस्रो जित

 पोखरा प्रिमियर लिगः चितवन राइनोजको लगातार दोस्रो जित

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ । पहिलो दुई खेल हारेको चितवनले बिहीबार काठमाडौं रोयल्सलाई १३ रनले हराउँदै लगातार दोस्रो जित निकालेको हो ।

 

 

 

१५० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रन मात्र बनाउन सक्यो ।

 

 


काठमाडौंका लागि गौरभ टोमरले ३९, कप्तान ज्ञानेन्द्र मल्लले ३०, पवन सर्राफले २८ र जयक्रिसन कोल्सवालाले १८ रन बनाए । कुनै बेला जित नजिक पुगेको काठमाडौंले अन्तिम ५ ओभरमा ४ विकेट गुमाएपछि हारबाट जोगिन सकेन ।

 

 

 

यता, बलिङतर्फ चितवनका लागि करण केसीले ३ र कप्तान पारसले २ विकेट लिए । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।

 

 

 

चितवनका लागि हरिशंकर शाह ६० रन बनाए । उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, स्मिथ पटेलले ३१ रन बनाउँदा अनिल कुमार शाहले २७ रन बनाए । त्यस्तै, कप्तान पारस खड्काले १४ र सुन्नी पटेलले १३ रन बनाए ।

 

 

 

बलिङतर्फ बसन्त रेग्मीले २ विकेट लिए । जितपछि चितवनको पनि ४ खेलबाट ४ अंक भएको छ । यसअघि पहिलो र दोस्रो खेलमा चितवनले लगातार हार ब्यहोरेको थियो भने तेस्रो खेलमा र चौथो खेलमा जित निकाल्दै उपाधि होडलाई कायमै राखेको हो । यता, पहिलो पटक हार ब्यहोरेको काठमाडौं रोयल्सको पनि उपाधि होड कायमै रहेको छ ।

 पोखरा प्रिमियर लिग चितवन राइनोज

विशेष