रणवीरले दीपिकालाई लगाइदिएको औंठीको मूल्य २ करोड १ लाख
एजेन्सी । यतिबेला सामाजिक सञ्जाल बलिउड अभिनेत्री दीपिका पदुकोण र रणवीर सिंहको विवाहको शुभकामनासहितको फोटोले भरिपूर्ण छ । विवाह भएको घन्टौं पछि सार्वजनिक भएको फोटोले फ्यान उत्साहित छन् । त्यस्तै अहिले रणवीरले दीपिकालाई विवाहमा लगाइदिएको औंठीको पनि व्यापक चर्चा छ । उक्त औंठीको मूल्य दुई करोड एक लाख परेको ‘द हिन्दूस्तान टाइम्स’ ले जनाएको छ ।
त्यस्तैगरि बलिउडकी अर्की अभिनेत्री प्रियंका चोपडा पनि हलिउड गायक निक जोनससँग डिसेम्बर २ मा विवाह गर्दै छिन् । केही महिनाअघि भएको उनीहरूको इन्गेजमेटमा निकले प्रियंकालाई दुई करोड बढी मूल्य पर्ने औंठी लगाइदिएका थिए ।
अर्की नायिका सोनम कपूरलाई आनन्द अहुजाले विवाहमा ९० लाख पर्ने औंठी लगाइदिएका थिए । त्यस्तै नायिका अनुष्का शर्माको विवाहको औंठीको मूल्य एक करोड थियो ।
शिल्पा शेट्टीको विवाहको औंठीको मूल्य ३ करोड थियो । फिल्म ‘रेडि’ की नायिका असिनले विवाहमा ६ करोडको औंठी लगाएकी थिइन् । त्यस्तैगरि नायिका करिना कपूरको विवाहको औंठीको मूल्य ७५ लाख र ऐश्वर्या राय वच्चनको ५० लाख रहेको थियो ।