अन्तरवार्ता भिडियो समाज

ओशो तपोवनलाई तह लगाउने हाकिम भन्छन्, ‘अख्तियारको त्रास देखाउन खोजियो’(भिडियोसहित)

ओशो तपोवनलाई तह लगाउने हाकिम भन्छन्, ‘अख्तियारको त्रास देखाउन खोजियो’(भिडियोसहित)

काठमाडौं । ओशो तपोवनले सरकारको स्वामित्वमा रहेको जग्गा फिर्ता गर्न शक्तिको कति हदसम्म दुरूपयोग गर्‍यो भन्ने विषय क्रमशः खुल्दै गएको छ । संस्थाको विधानमा धार्मिक निकाय, समुदाय वा समूह भनी उल्लेख नभए पनि ओशो तपोवनले २०३२ देखि निकुञ्जको २२ रोपनी ६ आनामा फैलिएको वन धार्मिक संस्थाको रूपमा पाएको थियो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुवँरले उक्त २२ रोपनी ३ आना जग्गा निकुञ्जलाई फिर्ता गराएका छन् । यो काम गर्दा आएका धम्की, अप्ठ्याराबारे कुवँरसँग नेपाल आजल गरेको कुराकानीको सम्पादित अंश । 

 



 

तपोवनले सरकारी वनमा गरेको अतिक्रमण र दादागिरी

ओशो तपोवनले बिना अनुमति मध्यवर्ती क्षेत्रभित्र विभिन्न भौतिक संरचना बनाइसकेपछि कुँवरको टोलीले ओशो तपोवनलाई स्पष्टिकरण सोध्यो । निकुञ्जले ०७४ चैत १९ मा सोधेको स्पष्टिकरणको जवाफ तपोवनले ०७५ वैशाख ३ गते दियो । कुवँरका अनुसार, मध्यवती क्षेत्र व्यवस्था नियमावली २०५२ नियम २२—३ को प्रतिवेदनमा कसैले पनि वातावरण प्रदुषित हुने खालको नियमविपरित काम गर्दा त्यसको स्पष्टिकरण सोध्नुपर्ने हुन्छ । त्यसलाई फिर्ता लिने अधिकार पनि छ । तपोवनलाई वन हस्तान्तरण गर्दा आठवटा शर्तनामा दिइएको थियो ।

 

ती आठ मध्ये दुईवटा शर्तनामामा धार्मिक वनभित्र कुनै पनि भौतिक संरचना निर्माण नगर्ने, यदि यसो गर्दा जिल्ला वन कार्यालयले गर्ने ‘कानूनी उपचार मान्नको लागि तयार छौं’ भनेर सम्झौता भएको थियो । यो कुरा नमानेपछि स्पष्टिकरण माग्दा संरचना अन्य निकायले गरिदिएको भन्दै पन्छिने काम भयो । 


संस्थागत हिसावले संस्था दर्ता २०६४ ऐन अनुसार दर्ता भएपछि त्यो गैरसरकारी संस्था नै हो । गैर सरकारी संस्थाको दशौं पञ्जवर्षीय योजनाको भावना छ, त्यो भनेको यसले सरकारलाई सहयोग गर्ने भन्न्ने यसको मूल अभिप्राय हो । तर, हाम्रो देशको प्रचलित कानूनले कुनै पनि कानूनको प्रवधानमा गैरसरकारी संस्थालाई कुनै पनि वन दिन नमिल्ने उल्लेख गरिएको हो । प्रचलित कानून अनुसार, गैरसरकारी संस्थाको रुपमा दर्ता भएको संस्थालाई दिने व्यवस्था प्रचलित कानूनले गरेको छैन । 

 

धर्मको नाममा भएको शोषण

धर्मको नाममा वन अधिक्रमण गर्र्ने यो नयाँ तरिका हो । मन्दिर, गुम्बा बनाउने र त्यसलाई कब्जा गर्ने । हटाउन खोजियो भने धर्मविरूद्ध गयो भन्ने चलन छ ।  धर्मको सिद्धान्त स्वयं भगवानबाट मात्र आउँछ । यो अरु कसैले सिर्जना गर्ने होइन । ओशो पनि मानव हुन् । मनुष्य, देवता, ऋषि या कसैले सिर्जना गर्न सक्दैन भनिएको छ । ओशो धर्म हो भने त्यो नेपाल सरकरा वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनुपर्छ । यसको दायरा र सिमा छ । शास्त्रको सिद्धान्तले भनेको कुरा यही हो । 

 

कानून विपरित छ ओशो तपावन

हाम्रो कानूनको प्रावधान भन्दा विपरित छ ओशो तपोवन । यो चाहींँ पक्का हो । हामीले सामाजिक काम गरिहेको छौं, धर्मको प्रचार यति ठाउँमा ध्यान केन्द्र खोलेका छौं । यो काम हामीले होइन अरुले गरेका हुन् भनेर पन्छिएका छन् । कानूनविपरित काम गरेकाले यो स्पष्टिकरण चित्तबुझ्दो लागेन । 

 

कारवाहीमा किन ढिलाई ?
 

ओशो तपोवनले वन विनाश गरिरहेकोे २०७३ सालमा नै थाहा भएको हो । मुद्दा त त्यतिबेला नै दायर भयो । धार्मिक वन फिर्ता लिने कुरामा त्यहाँको रिपोर्ट, स्पष्टिकरण लिन कानूनी हिसाबमा भयो । त्यहाँको शक्तिको पहुँचले गर्दा पनि हतारमा नभएर गम्भीर भएर निर्णय गर्ने कुराले गर्दा समय लाग्यो । हतारमा काम गर्दा यो नतिजा आउने थिएन ।

 

सरकारी जग्गा घट्यो तपोवनको बढ्यो 

नेपाल सरकारले ओशो तपोवनलाई ३७ रोपनी जग्गा धार्मिक वनको रुपमा हस्तान्तरण गरेको थियो । अहिले त्यो घटेर ३२ रोपनी भएको छ । त्यहाँको निजी जग्गा भने १७ रोपनीबाट २२ रोपनी भएको छ । 

 

ओशो तपोवनका संरचनाले पारेका प्रभाव

बिना अनुमति ओशो तपोवनले विभिन्न संरचना बनाउँदा निकुञ्जको वातावरणमा भू–क्षय, वन विनाश, बाढीपहिरो, वनविनाशले वातावरणमा असर पारेको छ । त्यहाँ परापूर्वकालदेखि रहेको राजकुलो नाश भएको छ, खोला सुकेको छ, वन्यजन्तुको वासस्थान विनाश भएको छ ।  वन्यजन्तुलाई स्वतन्त्र रूपले हिँडडुल गर्न बन्देज भएको छ । त्यो खोलामा माछा प्र्रशस्त थियो । अहिले छैन । 
 

सरकारले नै टाउकोमा टेकाएपछि

राज्यको एउटा निकायले हेरिरहेको ठाउँमा अर्कै निकायले ओशो तपोवनलाई आर्थिक सहयोग गरेको थियो । विष्णु पौडेल अर्थमन्त्री हुँदा तपोवनभित्र कंक्रिट सडक बनाउन ३ करोड रुपैयाँ रातोकिताबमै राखेर दिएका थिए । निकुञ्जमा सडक बनाउन नपाइने नियम उल्लंघन गरेर यस्तो गरियो । शक्ति, बल र सम्पत्तिको आधारमा जे गर्न पनि सक्छौंं भन्ने अहंकार र घमण्डले अहिले यस्तो भएको हो । 

 

तपोवनले हतियार राखेर त्यहाँका बाँदर मार्न पाइदैंन

नेपालको कुनै पनि वनमा वन्यजन्तुलाई धपाउने लखेट्ने र मार्ने गर्न पाइँदैन । धार्मिक वनभित्र आएका वन्यजन्तुुलाई धपाउन लखेट्न गर्न मिल्दैन । आफ्नो सुरक्षाको त्यो गर्ने भनेको भिन्नै कुरा हो । तपोवनका भान्सामा बाँदर पस्यो भनेर मारिएको भन्ने पनि आयो । वन भनेको त बाँदरकै बासस्थान हो । उसकै बासस्थानमा बसेर उसैलाई मार्न पाइन्न । 

 

तपोवनसँग स्पष्टिकरण माग्दा आएका दबाब

तपोवनका सहायकलाई पक्राउ गरिसकेपछि केही सरकारी संस्थाबाट बुझ्ने प्रयास भयो । मान्छे पक्राउ गरेको खण्डमा छुटाउनका लागि तत्कालीन वन मन्त्री शंकर भण्डारीले छिटो छोड्न दबाब दिएका थिए । मलाई फिर्र्ता बोलाउनेसम्मको दबाब थियो । तपोवनलाई स्पष्टिकरण माग्दा केही राजनीतिक व्यक्तिले पनि यसो नगर्न आग्रह चाहींँ गरे । 

 

बाघको जुंगा उखेल्न डर छैन

यो काम गर्न मलाई कानूनले सहयोग गरेको छ । कानूनले दिएको अधिकारको आधारमा रहेर यो काम सफल भयो । मेरो सरुवाको प्रक्रिया पहिला नै अगाडि बढेको थियो । सरुवा भयो भन्ने कुरा ‘बाघ कराउने र बाख्रा हराउने’ जस्तो भएको हो । सरुवाको अवधि पुगिसकेको थियो । यसको क्रम र निर्णय हुने कुरा सँगै भयो । यसका अप्रत्यक्ष सम्बन्ध पनि होला । तर अहिलेको लागि मेरो अवधि पनि पुगिसकेकोे हो । मेरो लागि यो संयोगमात्र परेको हो । कानूून नै मेरो लागि सर्वोपरी हो । कानूनविपरित गएँ भने मलाई पनि कारबाही हुन्छ । त्यसकारण बाघको जुंगा उखेल्न डर लागेन । 

 

कमलनयननाचायर्ले विगतमा गरेको वन अतिक्रमणमबारे

विगतमा कमलनयनाचार्यले वन अतिक्राण गरेर बसेका थिए । यो विषय पनि तपोवनसँग मिल्दोजुल्दो छ । २०४७ साल पछि चितवनमा निकुञ्ज क्षेत्र भित्रै शक्ति र पहुँचको आधारमा स्कुल मन्दिर, बाटो आफु, बस्ने स्थान  बनाउन थाले । नारायणी नदीमा कुवा बनाए । जबकि उक्त नदी नै निकुञ्जभित्र पर्छ । यसबारे यस्तो नगर्नुस् भनेर पत्राचार गर्दा नसुनेझैंं गरे । हामीले एकजना सहायकलाई पक्राउ गरेर अनुसन्धान गर्न थाल्यौं ।

 

यसले ठूलै तरंग आयो । कारवाहीको प्रक्रिया अघि बढाउँदा सरकारी वक्किलले राय दिएनन् । किनभने कुनै पनि सरकारी मुद्दा हाल्न सरकारी वकीलको राय चाहिन्छ । यसको पछाडि महान्यायधिवक्ता नै मुख्य व्यक्ति हो । मेरो विचारमा महान्यायधिवक्ताले नै सरकारी वकिललाई राय नलिन भने । त्यसपछि हामीले उहाँलाई जमानतमा छोड्यौंं । पहुँच र शक्ति हातमा लिएर प्रकृतिमाथि कब्जा गर्ने यस्ता दुष्प्रयास भएका छन् । यसको विरुद्धमा कानूनी दायरामा ल्याउने प्रयत्न गरेका छौंं ।
 

र याे पनि, 

► ओशो तपोवनलाई तह लगाउने हाकिम भन्छन्, ‘अख्तियारको त्रास देखाउन खोजियो’(भिडियोसहित)

► जसको विरुद्ध नगरपालिकामा उजुरी छ, उसैको खादा ओढ्ने यि मेयर 

► दश दिन हिरासत बसेर जसले नेपाली समाजलाई ओशो चिनाए 

► अन्ततः छुटे देवसुन्दर

► फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना

► फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना

► ओशो तपोवनले कसरी सरकारी जमिनमा हालीमुहाली गरेको रहेछ ?  पढौं

► भारतका चर्चित ओशो सन्यासी अशोक भारतीले भने, ‘आनन्द अरुणले मविरुद्धको आक्रोश देवसुन्दरमाथि पोखे’

► स्वामी आनन्द अरुणको पोखरामा मूर्ति छ, दिनहुँ पुजा हुन्छ (भिडियोसहित)

► महिलालाई यस्तो गराउने सम्मानित, फोटो फेसबुकमा राख्ने हिरासतमा 

► ओशो तपोवनविरुद्ध उजुरीः ओशोको नाममा व्यापार गर्ने कर नतिर्ने !

प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो

► ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’

► भ्रम सिर्जना गरियोः ओशो तपोवन

► स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’ 

► स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ

► आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)

► ‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)

► ओशोका केही स्वामीहरु महिलाहरुलाई  ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)

ओशो तपोवन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कमलजंग कुवँर

विशेष