मुख्य समाचार

निर्दयी बाबुः श्रीमतीलाई गोली र छोरालाई खुकुरी प्रहार गरी हत्या

निर्दयी बाबुः श्रीमतीलाई गोली र छोरालाई खुकुरी प्रहार गरी हत्या

रुकुम पश्चिम । रुकुम पश्चिममा एक व्यक्तिले भरुवा बन्दुक र खुकुरी प्रयोग गरी आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । 

 

 

जिल्लाको त्रिवेणी गाउँपालिका १ बल्लेजुराका ४६ वर्षीय सत्यबहादुर बुढाले राति सुतेको समयमा बन्दुक र धारिलो खुकुरी प्रहार गरी श्रीमती र कान्छा छोराको हत्या गरेका छन् ।

 

 

बुढाले ४१ वर्षीया श्रीमती इन्द्रकलालाई भरुवा बन्दुक र ११ वर्षीय कान्छा छोरा प्रकाशलाई कुखुरी प्रहार गरी हत्या गरेका हुन् । 

 

 

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी सुमित खड्काले श्रीमती र छोरालाई हत्या गर्ने बुढालाई प्रहरी नियन्त्रणमा लिएको बताए ।

 

 

अत्याधिक रक्सी सेवन गरेका बुढा आफैँले पनि आफ्नो घाँटि रेटेर आत्महत्या प्रयास गरेको डीएसपी खड्काले बताए । 

हत्या रुकुम पश्चिम

विशेष