खेल

टी-१० लिग खेल्न सन्दीप यूएई जाँदै

टी-१० लिग खेल्न सन्दीप यूएई जाँदै

काठमाडौं । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने आइतबार युनाइटेड अरब इमिरेट्स प्रस्थान गर्दै छन् । उनी त्यहाँ हुने टी-१० लिगका लागि उनी आइतबार युएई प्रस्थान गर्न लागेको हुन् ।

 

२१ नोभेम्वरबाट सुरु हुने टी-१० लिगका लागि सन्दीपले केरला किंग्सबाट खेल्न युएई जानलागेका हुन् । केरलाले २१ नोभेम्वरमा पख्तुनको सामना गर्नेछ ।

 

 

सन्दीपलाई गत महिना केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो । लिगमा कुल ८ टिम सहभागिता रहेको छ ।

 

 

मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बंगाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन् । लिगको खेल १० ओभरको हुनेछ ।

 

 

सन्दीपको टिममा इंग्ल्याण्ड क्रिकेट टिमका कप्तानसमेत रहेका अवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ, मोहम्मद नाभेद जस्ता खेलाडीहरु रहेका छन् ।

 

यूएई सन्दीप लामिछाने

विशेष