खेल

ईपीएलको खेल तालिका सार्वजनिक 

ईपीएलको खेल तालिका सार्वजनिक 

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । सोमवार सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रीओट्सबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा ६ शहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन्।

 

राउण्ड रोविन लिगमा हुने प्रतियोगिताको पहिलो दिन उद्घाटन खेल मात्र हुने र दोस्रो दिनबाट लिगको दुई-दुई खेल हुनेछ। यस्तै प्लेअफअन्तर्गत भने एक दिनमा एक खेल मात्र हुने आयोजकले जनाएको छ ।  

 राउन्ड रोबिन पद्दतिअनुसार प्रतियोगितामा सबै सहभागीले एक–अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली अघिल्लो चरणलाई छानिन्छन् । तेस्रो र चौथो हुने टोली इलिमिनेटरका लागि छानिँदा पहिलो र दोस्रो हुने टिमले पहिलो क्वालिफायर खेल्नेछन् । 

 

पहिलो क्वालिफायरको विजेता सोझै फाइनल पुग्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । दोस्रो क्वालिफायरको अर्को प्रतिद्धन्द्धी इलिमिनेटरको विजेता हुनेछ । 

मंसिर २२ मा सुरु हुने प्रतियोगिता पुस ७ गते सकिने छ ।  


 

विशेष