विचार

‘ओशो’ नामबाट धन्दा होइन ध्यान गर

‘ओशो’ नामबाट धन्दा होइन ध्यान गर

कमलजंग कुँवर शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृतको यहि मंसिर १ मा अन्तरवार्ता र लेख आएपछि नेपाल आजका सञ्चालक माधव गुरागाईंलाई फोन गरेरै भनेँ , ‘विगत केही महिनादेखिको तपोवन पक्ष र आलोचक दुवैको समाचार प्रशारण र प्रकाशित गर्दै आउनु भयो, पत्रकारिताको धर्म निर्वाह गर्न नेपालआजलाई पक्कै सजिलो चाहिँ भएन होला तर आगामी समाचार प्रसारण वा प्रकाशित र सवालजवाफको सन्दर्भमा कसैको अगाडि पनि ‘ओशो’ नाम वा शीर्षक नराखिदिन  विनम्र अनुरोधसमेत गरेको छु ।’

 

यसै लेखमार्फत तपोवन सञ्चालक समितिलाई समेत आफ्नो सम्पूर्ण सामाजिक वा असमाजिक क्रियाकलापमा ‘ओशो’ नामको गलत प्रयोग नगर्न अनुरोध गर्दछु । तपोवनमाथि ५ रोपनी वन मिचेको र ३७ रोपनी वन फिर्ता नगरेको आरोप प्रमाणित भएको छ ।

 

हामी सबैको गुरु गरिमामय सम्मान र श्रद्धाजनक अस्तित्वमय निराकार शब्दलाई व्यापारिक, एनजिओको रुपमा सञ्चालित तपोवन या कुनै वन वा सेन्टर र आश्रमसँग जोडिनु हुन्न । जसले ‘ओशो’ नाममा आपराधिक क्रियाकलाप गर्छ ।

 

हिजोका दिन हामीले गरेको आलोचना सहि वा गलत दुवै हुन सक्थ्यो । तर तपोवन सञ्चालक समितिले त्यसको जवाफ दिनुपर्ने जिम्मेवारी र सामाजिक दायित्वबाट पन्छिएर उल्टै आलोचकहरुलाई दबाउने र समर्थकहरु उग्र बनाउने कार्य भएको सबैमा  अवगत नै रहेको कुरा हो ।


जसरी सरकारी, अर्धसरकारी संस्था, व्यापारिक कम्पनी, राजनीतिक पार्टी वा सामाजिक दायित्व वहन गर्ने सबैले आफ्नो मातहतका निकायमा ठूलो समस्या र आरोप लागेमा निष्पक्ष छानविन समिति गठन गरी त्यसको सत्यतथ्य बाहिर ल्याउने गर्छन् ।


तपोवनका बारेमा पनि अनेकन प्रश्नहरु उब्जेपछि तपोवन आफैले वा सरकारले यसबारे छानविन गर्ने र सत्यतथ्य बाहिर ल्याउने काम गर्नु पथ्र्यो । जुन कार्य धन, बल, शक्ति र अन्धाहरुको हुल समेट्ने तपोवनको सञ्चालकहरुबाट भएन । उनीहरुले सामाजिक उत्तरदायित्व त वहन गरेनन् नै उनीहरुमा बुद्धिको खडेरी पनि देखियो ।

 

११ मे कै दिन तपोवनका संरक्षकज्यूले गरेको गाली, गलौज अमर्यादित भयो भनेर आवाज उठाउदै फेसबुकमार्फत आलोचना भइरहँदा तपोवनले ‘लाइभ’ नै राखेर ठूलै  कामको प्रचार गर्‍यो तर त्यो गाली श्राप समाज वा सन्यासीले मन पराए भन्ने सोचेर फेरि  ७५ असार १२ गते सञ्चालक समितिले सन्यासीहरुको स्वतन्त्रतामाथि निरंकुश पाराको ‘फतवा’ विज्ञप्ति जारी गर्‍यो ।

 

अन्ततः विरोध झेल्न नसकेपछि उक्त भिडियो हटाए नै । ५० वर्ष सन्यास मार्गमा हिँडेका अग्रज स्वामी आनन्द अरुणले सामाजिक मूल्य मान्यताको पालना गर्न चुके भने हामीले उहाँबाट नै आदर र सम्मान खोज्नु जायज थिएन ।  

 

गद्दीमा बस्नेको कमजोरी यहि भो, आफू पर्शुराम जस्तो हुने अनि हामीबाट श्रीरामको विनम्रता खोज्ने ।

 

अंशु गुरुङको लेख (http://baahrakhari.com/news-details/59813/2018-07-20) सार्बजनिक भएपछि तपोवनले नै अंशुसँग कुरा गर्नु पर्नेमा उल्टै मिडियाको कार्यालयमा गएर सम्पादकलाई धम्क्याउने काम गरियो ।

 

मेरो नेपालआजको अन्तर्वार्तापछि अमानवीय कार्य अवगत छँदैछ, मुख्य कुरा तपोवनले सत्ता र शक्तिको बलमा आलोचकहरुलाई कमजोर ठानी दबाउन खोजेको स्पष्ट हुन्छ ।

 

पटक पटक भेटौं, कुरा गरौं भन्दा सम्पर्कविहीन रहने, उल्टै घुँडा टेकाउने, झुन्ड्याउने जस्ता शब्दले माहोल तातेको अवस्थामा म आफैले तपोवनका अध्यक्ष रमेश राजकर्णिकारलाई फोन गरी प्रस्ताव राख्दा ‘तिमीहरु जस्ता सन्यासीलाई तपोवन आउन दिने छैन, चारैतिरबाट घेरा हाली सिध्याउँछु’ भनेको कल रेकर्ड मसँग छ ।

 

हामी तपोवनको आलोचक पक्षले कहिल्यै बदलाको सोच बनाएका छैनौं । र हाम्रो माग पनि केही छैन । हामीलाई कमजोर पार्न तपोवनले हामीले केही माग राखेका छौं भन्ने हल्ला फैल्यायो । जुन सरासर गलत हो । हामी सम्पूर्ण सन्यासीहरुको सम्मान भएको हेर्न चाहन्छौं । 

 धनी गरिब, देशीविदेशी, जातभात भन्दामाथि तपोवन उठ्यो भने बल्ल ‘आशो’तपोवन हुन्छ । सरकारी कार्यालयको वन फिर्ता गर्ने निर्णयले तपोवनमाथि लागेको हाम्रो आरोप सत्य साबित हुनुको साथै गुरुको ‘जोर्बा दि बुद्ध’  संसारमा कमाउने, खाने, सन्यासमा बाडेर खाने शिक्षाविपरीत सरकारी जमिन कब्जा गरेको प्रमाणित भएपछि फिर्ता गर्नुको सट्टा अझै हडप्ने सूरमै देखिन्छ । प्रमुख संरक्षण अधिकृत कुँवरको सरुवा त्यसैको नमुना हो ।  


हामी सन्यासी त्यति गरिब छैनौं कि अरुको सम्पत्ति हडप्न पर्ने, सरकारी जमिन फिर्ता होस्, हत्या वा आत्महत्या छानविन होस्, श्रम शोषण भएको भए क्षतिपूर्ति प्रदान होस्, कुरो आफैं टुंगिन्छ । नत्र तपोवनसँग ‘ओशो’ नाउँ जोड्न पाइँदैन । गुरुको नाम जोडेर बदनामीको धन्दा नगरियोस् । तपोवन सामाजिक संस्था हो, हालका सञ्चालक  त्यसका पहरेदार हुन्, मालिक होइनन् । मालिक त नेपाली जनता र हामी ओशो सन्यासीहरु हौं । जुन सुकै बेला पनि  कानुन बमोजिम सञ्चालक समिति परिवर्तन हुन सक्छ । बेलैमा विचार गरौं । हामी तपोवनको लागि २५ रोपनी जग्गा किन्न सक्छौं तर हडपेर खाई ध्यान गरेर बस्न सक्दैनौं । वार्ता छलफल र सहयोगका लागि हामी सदैब तयार छौं । तपोवनलाई ‘ओशो तपोवन’का रुपमा अगाडि बढाउन हाम्रो साथसहयोग रहनेछ ।

[email protected]

 

र याे पनि, 

►  सम्पादकीय : राज्यलाई चुनौती दिने ओशो तपोवन, माफी माग्ने नेपालआज !

► ओशो तपोवनलाई तह लगाउने हाकिम भन्छन्, ‘अख्तियारको त्रास देखाउन खोजियो’(भिडियोसहित)

► जसको विरुद्ध नगरपालिकामा उजुरी छ, उसैको खादा ओढ्ने यि मेयर 

► दश दिन हिरासत बसेर जसले नेपाली समाजलाई ओशो चिनाए 

► अन्ततः छुटे देवसुन्दर

► फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना

► फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना

► ओशो तपोवनले कसरी सरकारी जमिनमा हालीमुहाली गरेको रहेछ ?  पढौं

► भारतका चर्चित ओशो सन्यासी अशोक भारतीले भने, ‘आनन्द अरुणले मविरुद्धको आक्रोश देवसुन्दरमाथि पोखे’

► स्वामी आनन्द अरुणको पोखरामा मूर्ति छ, दिनहुँ पुजा हुन्छ (भिडियोसहित)

► महिलालाई यस्तो गराउने सम्मानित, फोटो फेसबुकमा राख्ने हिरासतमा 

► ओशो तपोवनविरुद्ध उजुरीः ओशोको नाममा व्यापार गर्ने कर नतिर्ने !

प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो

► ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’

► भ्रम सिर्जना गरियोः ओशो तपोवन

► स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’ 

► स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ

► आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)

► ‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)

► ओशोका केही स्वामीहरु महिलाहरुलाई  ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)

 

विशेष