‘मुन्ना भाइ एमबिबिएस ३’ बन्ने, अर्को वर्ष ‘फ्लोर’ मा जाँदै
एजेन्सी । बलिउडका महशुर निर्देशक राजकुमार हिरानी र अभिजात जोशीको सुपरहिट फ्रेन्चाइज ‘मुन्न्ना भाइ एबबिबिएस ३’ अर्को वर्ष जूनमा ‘फ्लोर’ मा जाने भएको छ । हिरानी र जोशी उक्त फिल्मको स्कृप्टलाई तय गर्ने अन्तिम चरणमा पुगेका छन् । बलिउड भास्करले जनाए अनुसार, फिल्मसँग जोडिएका केही व्यक्तिले यसको पुष्टि गरेका हुन् ।
फिल्ममा मुन्नाभाइ र सर्किटको भूमिकामा सञ्जय दत्त र अरशद वारसी हुनेछन् । बोमन इरानी पनि फिल्ममा हुनेछन् । हिरानी आफ्ना फिल्ममा बोमन इरानीलाई ‘लकी च्याम्प’ मान्छन् ।
पछिल्लो दुई फिल्मजस्तै यसपटक पनि सञ्जय दत्तको अपोजिटमा नयाँ नायिका कास्ट हुने बताइएको छ । नायिकाको ‘कास्टिङ’ र फिल्मको अन्तिम ‘ड्राफ्ट’ तयार हुन बाँकी छ ।
‘मुन्ना भाइ एमबिबिएस ३