खेल

ए डिभिजन लिग : संकटाद्धारा जावलाखेल पराजित

ए डिभिजन लिग : संकटाद्धारा जावलाखेल पराजित

काठमाडौं । पल्सर शहिद स्मारक ए डिभिजन लिग अन्र्तगत सोमबार सम्पन्न पहिलो खेलमा संकटा क्लबले  लगातार दोस्रो जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले  जावलाखेल यूथ क्लबलाई २-० गोलले पराजित गरेको हो ।

 

खेलको १८अौं मिनेटमा म्याक्सवेल एलोनले रातो कार्ड खादैँ बाहिरिन पुग्दा संकटा दश खेलाडीमा सीमित हुन पुगेको थियो। 

म्याक्सवेलले जवालाखेलका एडामा डोम्बियालार्इ कुइनाले हानेपछि रेफ्रीले एक पछि अर्को गर्दै उनलार्इ दोहोरो पहेलोँ कार्ड देखाएका थिए। पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको हो । 

खेलको ५८अौं मिनेटमा संकटाका लागि अफ्रिकी खेलाडी सेड्रिक एबाले डी बक्सभित्रबाट उत्कृष्ट गोल गर्दै अग्रता दिलाए । उनले सुभाष गुरुङको पासमा गोल गरेका हुन् । 

खेलको ८५ औं मिनेटमा एबाले दोस्रो गोल गर्दै संकटालाई दुई गोलको अग्रता दिलाए । उनलाई लक्ष्मण रुचालले पास दिएका थिए । 


दुई गोल गरेका एबा एबा म्यान अफ द म्याच चुनिए। लिगमा लगातार दोस्रो जितसँगै संकटा तेस्रो स्थानमा उक्लिएको छ। संकटाले पहिलो खेलमा सरस्वती यूवा क्लबलार्इ पराजित गरेको थियो। 

जावलाखेलले भने सुरुवाती दुबै खेलमा पराजय भोगेको छ। पहिलो खेलमा जावलाखेल नेपाल पुलिस क्लबसँग पराजित भएको थियो।   

विशेष