वाइड बडी खरिद प्रकरणको बारेमा छलफल गर्न लेखा समितिले बोलायो पर्यटनमन्त्री अधिकारीलाई
काठमाडौं । वाइड बडी खरिद प्रकरणलाई लिएर सार्वजनिक लेखा समितिले सरकारसँग छलफल गर्ने भएको छ ।
यसका लागि उसले पर्यटनमन्त्री मन्त्री रविन्द्र अधिकारी, नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेल, महाप्रबन्धक सुगतरत्न कंशकारलाई छलफलका लागि बोलाएको छ।
मंगलबार बसेको बैठकले मन्त्री अधिकारी सहित निगमका अध्यक्ष तथा महाप्रबन्धकलाई छलफलका लागि मंसिर ९ गते बोलाएको हो । समितिले विवादस्पद अभिव्यक्ति दिएको भन्दै छलफलको लागि बोलएको हो । सुरुमा ठूलो जहाज खरिद गरिएको हुदाँ निगमको सुधार हुने भन्ने र हाल आएर डुब्न लाग्यो भन्न विवादस्पद अभिव्यक्ति भएको समितिको ठहर छ ।
समिति सदस्यले जहाज खरिद प्रकरणमा छानबिन गर्न सभापति भरत साहलाई अनुरोध गरेपछि समितिले छलफलका लागि सरकारलाई बोलाउने निर्णय लिएको हो।