मुख्य समाचार

विकासलाई बाधा पुर्‍याउने नीतिलाई सच्याउनु पर्छ : प्रधानमन्त्री ओली 

विकासलाई बाधा पुर्‍याउने नीतिलाई सच्याउनु पर्छ : प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासलाई बाधा  पुर्‍याउने नीतिहरु सच्याउनु पर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा नीति अनुसन्धान प्रतिष्ठान (थिंक  ट्याङ्क ) को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले कमखर्चमा बढी प्रतिफलदिने नीति लिएको समेत बताए ।

 

उनले  प्रतिष्ठानको काममा सरकारले हस्तक्षेप नगर्ने समेत बताए । ‘प्रतिष्ठानले स्वतन्त्र ढंगले अनुसन्धान गरेर ल्याएको प्रतिवेदनमा हस्तक्षेप हुँदैन ’,  प्रधानमन्त्री ओलीले भने, ‘आवश्यक ठाउँमा राय सुझावसहित सरकारले त्यसलाई ग्रहण गर्छ ।’

यस्तै उनले प्रतिष्ठानलाई सम्पूर्ण मन्त्रालय, राष्ट्रिय योजना आयोग, विश्वविद्यालयसँग समन्वय गरेर राष्ट्रिय नीति निर्माण गर्न आग्रह गरे ।
साथै प्रधानमन्त्री ओलीले देश विकासको नीति तर्जुमा गर्न अनुसन्धानमुलक र तथ्य ढंगले जानकारी ल्याउने उद्देश्यले गठन गरिएको प्रतिष्ठानलाई कुनै कोणबाट सरकारले असहयोग नगर्ने स्पष्ट पारे।  

 

उनले विकास निर्माण अघि नबढ्नुमा नीतिगत समस्या पनि कारक रहेको बताएका छन् । ‘विकासलाई बाधा पु¥याउने नीतिहरु कहाँकहाँ छन् तिनलाई सच्याउनु पर्दछ’ प्रधानमन्त्रीले भने । 

 सरकारका कामप्रति असन्तुष्ट देखिएका ओलीले सरकारको ध्येय पूर्णतया सुशासन र विकासमा भएको दोहोर्याएका छन् ।

बैठकमा प्रतिष्ठानका अध्यक्ष चैतन्य मिश्रले प्रतिष्ठानको उद्देश्य र भावी कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गरे ।

विशेष