खेल मुख्य समाचार

सन्दिपले पाकिस्तान सुपर लिग खेल्ने

सन्दिपले पाकिस्तान सुपर लिग खेल्ने

काठमाडौं ।  स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल)  खेल्ने निश्चित भएको छ ।

 

लामिछाने  पीएसएलको अन्तिम छनोटका क्रममा लाहोर क्वालेन्डर टिममा अनुबन्धन भएका हुन् ।  लामिछानेले न्युनतम ५० हजार डलर पारिश्रमिक पाउनेछन् । 

नेपाली स्पिनर लामिछाने पाकिस्तान प्रिमियर लिगको गोल्डेन क्याटेगोरी र सोमपाल कामी सिल्भर क्याटेगोरीमा परेका थिए ।

पाकिस्तानको इस्लामाबादमा जारी खेलाडीहरुको अन्तिम अनुबन्धनमा विश्वभरका ३७१ क्रिकेटरलाई सहभागी गराइएको थियो । सुरुवाती सूचीमा परेका खेलाडीबाट अन्तिम सूची तयार गरिएको हो । 

फेब्रुअरी १७ देखि पाकिस्तान सुपर लिग (पीएसएल) सुरु हुँदैछ । 

सन्दीपले यसअघि आईपीएल, क्यारेबियन प्रिमियर लिग, क्यानेडियन लिग र अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन् । 

विशेष