ताजा खबर

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका–२६ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ ।


मृत्युु हुनेमा भरतपुर–१८ रार्इगाँउका ३० वर्षीय निकराम गुरुङ रहेको प्रहरीले जनाएको छ । मटरसाइकलको पछाडि सवार व्यक्ति भने घाइते भएका छन् ।ना१२प ४०९१ नम्बरको मोटरसाइकल गएराति ९ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय दिव्यनगरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सोही ठाँउका बालकृष्ण तामाङको भने भरतपुरमा उपचार भइरहेको छ ।

विशेष