मुख्य समाचार

 कोरम नपुग्दा संसदको विकास समितिको बैठक स्थगित

 कोरम नपुग्दा संसदको विकास समितिको बैठक स्थगित

काठमाडौं ।  सांसदहरुको कोरम नपुग्दा संसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित भएको छ । मंगलबार ११ बजेका लागि बोलाएको बैठकमा १२ बज्दासम्म ११ जना सांसदमात्रै आइपुगेका थिए ।

 

मंगलबारको बैठकमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रगतिका विषयमा छलफल गर्न  प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई बोलाएको थियो । बैठक बस्न नसकेपछि ज्ञवालीसहितका प्राधिकरण कर्मचारी फर्किएका थिए । 

 

बैठक सञ्चालनको लागि आवश्यक सदस्य संख्या नपुगेपछि बैठक अनिश्चितकालका लागि स्थगित गरेको  समितिका सभापति कल्याणी खड्काले बताइन् । 

२६ सदस्यीय सो समितिमा १४ सांसद भए मात्रै बैठक बस्न मिल्छ । समितिमा पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र शेरबहादुर देउवासमेत सदस्य रहेका छन् । 

विशेष