मनोरञ्जन

‘ठग्स अफ हिन्दूस्तान’ बाट व्यापारमा ठूलो नोक्सान पुगेपछि यसशराज फिल्म्ससँग पैसा गुहार्दै वितरक

‘ठग्स अफ हिन्दूस्तान’ बाट व्यापारमा ठूलो नोक्सान पुगेपछि यसशराज फिल्म्ससँग पैसा गुहार्दै वितरक

एजेन्सी । मल्टि स्टारर फिल्म भएपनि ‘ठग्स अफ हिन्दूस्तान’ ले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेन । ८ नोभेम्बरमा रिलिज भएको फिल्मले एघारौं दिनसम्म आउँदा मात्र १४५ करोडको व्यापार गरेको छ । जब कि फिल्मको कुल बजेट नै ३०० करोड रुपैयाँ थियो ।  फिल्मको खराब हालतका कारण फिल्म वितरकहरू यतिबेला धेरै चिन्तित छन् । फिल्मले धेरै क्षति भोग्नुपरेका कारण वितरकहरू यशराज स्टुडियो धाउन थालेका छन् । 

 

यशराज फिल्म्सले फिल्म वितरणको सबै जिम्मा आफैं लिएको थियो र वितरकसँग उसले मिनिमम ग्यारेन्टि डिल गरेको थियो किनकी फिल्मले राम्रो व्यापार गर्छ भन्ने कुरामा यशराज फिल्म्स ढुक्क थियो । तर यस्तो भएन । 

 

अब फिल्म वितरकहरू यशराज फिल्म्ससँग आफ्नो रिफन्ड माग्ने योजनामा छन् । वितरकहरूलाई पैसा रिफन्ड गर्नको लागि प्रोडक्सन हाउसलाई कानूनी रूपमा कुनै बाध्यता छैन तर यदि नैतिक तरिकामा रहेर रिफन्ड गर्न राजी भयो भने सान्दर्भिक हुने् ट्रेड एनालिस्टहरू बताउँछन् । 

 

‘ठग्स अफ हिन्दूस्तान’ भारतका ५००० स्क्रिनमा एकसाथ रिलिज भएको थियो । पहिलो दिनमा नै सय करोड क्लबमा प्रवेश गरेको फिल्मले नकारात्मक ‘माउथ पब्लिसिटी’ को कारण राम्रोे व्यापार गर्न सकेन । 

 

फिल्मको असफलताको कारण निर्देशक विजय कृष्ण आचार्यको यतिबेला चर्को आलोचना भइरहेको छ । जसकारण उनले अब ‘धूम ४’ को निर्र्देशन गर्न नपाउने भएका छन् । यससँगै विजयको यशराज फिल्मसँग भएको अन्य ती फिल्ल्मको कन्ट्राक्ट पनि क्यान्सिल भएको छ । 
 

विशेष