खेल

पाकिस्तान प्रिमियर लिगः सन्दीपको पारिश्रमिक ५७ लाख

पाकिस्तान प्रिमियर लिगः सन्दीपको पारिश्रमिक ५७ लाख

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) मा अनुबन्धित भएका छन् । 

 

उनले खेल्ने यो नवौं विदेशी लिग हुनेछ। मंगलबार पाकिस्तानको इस्लामाबादमा भएको खेलाडी ‘अक्सन’ मा उनलाई लाहोर क्वालान्डर्सले लिएको हो । क्लबले लेग स्पिनर सन्दीपलाई गोल्ड क्याटेगोरीअन्तर्गत अनुबन्ध गर्‍यो ।

 

लाहोरले गोल्ड क्याटेगोरीको पहिलो चरणमै सन्दीपलाई सुरक्षित गरेको थियो। पीएसएलको गोल्ड क्याटेगोरीका खेलाडीले कम्तीमा ५० हजार अमेरिकी डलर पाउँछन् । 

 

सन्दीपसँगै विश्वकै चर्चित खेलाडी दक्षिण अफ्रिकाका एबी डी भिलियर्स, पाकिस्तानका मोहम्मद हाफिज, वेस्ट इन्डिजका कार्लोस ब्राथवेट र न्युजिल्यान्डका कोरी एन्डर्सनले लाहोरबाटै खेल्ने छन् । अन्नपूर्ण पोस्टबाट

सन्दीप लामिछाने पाकिस्तान सुपर लिग

विशेष