नवलपरासी बस दुर्घटनाः दुईको मृत्यु, ३० जना घाइते

परासी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा बुधबार बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक अनोज विकले जानकारी दिनुभयो । घाइतेको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बस दुर्घटना पूर्व-पश्चिम राजमार्ग पश्चिम नवलपरासी