अमिताभले तिरिदिए किसानको ४ करोड ऋण !

एजेन्सी । बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनले किसानको चार करोडभन्दा बढी ऋण तिरिदिएका छन् ।
मंगलबार अमिताभ बच्चनले आफ्नो ब्लगमा लेखेका छन् ‘एक काम पूरा भयो ।’ उनले ऋण तिरिदिएका सबै किसान उत्तर प्रदेशका हुन् ।
उनको ब्लगका अनुसार यो रकम बैंक अफ इन्डियासँग सम्झौता गरेर तिरिएको थियो । उनले २६ नोभेम्बरमा आफैंले किसानहरुलाई बैंकको ऋण भक्तानको पत्र दिनेछन् ।
बच्चनले ऋण भूक्तानको पत्र दिनका लागि ७० जना किसानलाई मुम्बई बोलाएका छन् । उनीहरुलाई मुम्बई ल्याउनका लागि ट्रेनको एक डिब्बा बुक गरेको बताइएको छ ।
अमिताभ बच्चन किसान