खेल

टी–१० क्रिकेटः बुधबार सन्दीपको टीम भिड्दै

टी–१० क्रिकेटः बुधबार सन्दीपको टीम भिड्दै

काठमाडौं । यूएई क्रिकेट बोर्डको आयोजनामा हुन लागेको टी–१० क्रिकेट बुधबारबाट सुरु हुँदै छ ।

 

बुधबारदेखि डिसेम्बर २ तारिखसम्म चल्ने प्रतियोगितामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले पनि खेल्न लागेका छन् ।

 

बुधबार हुने दोस्रो खेलमा सन्दीपको टिम केरला किंग्सले पख्तुनसँग भिड्दै छ । खेल नेपाली समय अनुसार राति साढे १० बजे सुरु हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । 

 

केरला किङ्स गएको संस्करणको विजेता पनि  हो । सन्दीपलाई केरला किङसले ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।

 

केरला किंग्स इयान मोर्गनको कप्तानीमा क्रिस गेल, उपुल थारंगा, केरोन पोलार्ड जस्ता विश्व क्रिकेटका अनुभवि खेलाडी पनि छन् ।

सन्दीप लामिछाने टी–१० क्रिकेट यूएई क्रिकेट बोर्ड

विशेष