कभर स्टोरी भिडियो

विपिन भन्छन्, ‘नायिकाहरु त सबै मन पर्छ’ (भिडियोसहित)

विपिन भन्छन्, ‘नायिकाहरु त सबै मन पर्छ’ (भिडियोसहित)

काठमाडौं । नेपाली फिल्म क्षेत्रको लागि ‘लुट’ कोशेढुंगा साबित भयो । त्यही फिल्ममा सहायक भूमिकामा देखिएका बिपिन कार्की अहिले दर्शकले धेरै मन पराएका कलाकारमा पर्छन् । ‘लुट’ देखि अहिले ‘प्रसाद’ सम्म आउँदा उनले धेरै प्रशंशक कमाइसकेका छन् । उनी अझै राम्रो गर्न प्रयासरत छन् ।  भन्छन्, ‘भर्खर त करियरको सुरुवात भएको छ । यसलाई सेफ ल्याण्डिङ गराउनुपर्छ ।’
हाल उनी फिल्म ‘प्रसाद’ को प्रचार र ‘जात्रैजात्रा’ को सुटिङमा व्यस्त छन् । फिल्मले समाजका विसंगति, अन्तरजातीय विवाह, जातका कुरालगायत धेरै विषयलाई सरल ढंगले यथार्थ ढंगले  प्रस्तुत गरेको उनले बताए । 


‘ताण्डव’ र ‘छड्के’ गरेर बिपिनले नम्रतासँग तेस्रो पटक काम गरेका हुन् प्रसादमा । नम्रतासँग नजिकको सम्बन्ध भएको कारण पनि काम गर्न सजिलो भएको उनले बताए । 

 

मोरङको बाहुनीमा जन्मिएका बिपिनले एसएलसीसम्मको अध्ययन मोरङमै गरे । बच्चादेखि नै उट्पपट्याङ र चकचके स्वभावका बिपिन पढाई राम्रै भएका विद्यार्थी थिए । ‘टप पाइभ’ भन्दा कहिल्यै पनि तल नझरेको उनले बताए । उट्पट्याङ गरेको घटना सम्झदैं उनले भने, ‘नहरमा लुकेर नुहाउँन जाँदा बालबाल बाँचेको घटना पनि छ ।’ 

 



 

पहिलो क्रस
बिपिनको पहिलो क्रस स्कुलमै हुँदा भयो । जोसँग क्रस भयो, उनलाई विपिनले मनेको कुरा भने । उनले पनि राम्रो प्रतिक्रिया जनाइन् । त्यसपछि के भयो त ? विपिनले खुलाउन चाहेनन् ।   

 

सुधार्नुपर्ने बानी
बिपिनलाई आफ्नै केही बानी मन पर्दैन । मुख्य बानी हो उनको अल्छीपना । आफू अलि अल्छी भएको उनले बताए । यसका साथै उनी अन्तरमुखी स्वभावका छन् । सबैलाई रिझाउन सक्दिैनन् जसकारण उनलाई नजिकबाट नचिन्ने मानिसले बिपिनलाई घमण्डी भन्ने रहेछन् । 

 

ग्याङ फाइटर बिपिन
अधिकांश फिल्ममा बिपिनले खलनायक भएर खेलेका छन् । उनका तिनै भूमिका दर्शकले औधी रूचाएका पनि छन् । वास्तविक जीवनमा पनि उनको ग्याङ फाइट नभएको होइन । सानो छँदा भएको ग्याङ फाइट सम्झदैं उनले भने, ‘बच्चाबेलामा एउटा टोल र अर्को टोलकोबीच झगडा पथ्र्यो ।’ 

 

मनपर्ने कलाकार
नेपाली सिनेमा क्षेत्रमा बिपिन सौगात मल्ललाई आफ्नो आइडल मान्छन् । उनीवाहेक हरिवंश आचार्य, सुनिल पोख्रेल उनका मनपर्ने कलाकार हुन् । नायिकामा भने सबै मनपर्ने उनले बताए । 

     
 

विशेष