मुख्य समाचार स्वास्थ्य

स्वास्थ्यमा सुधार भएपछि डा गोविन्द केसी आज डिस्चार्ज हुँदै

स्वास्थ्यमा सुधार भएपछि डा गोविन्द केसी आज डिस्चार्ज हुँदै

काठमाडौं । प्राध्यपक डाक्टर गोविन्द केसीको स्वास्थ्यमा सुधार भएपछि चिकित्सकले डिस्चार्ज दिँदै छन् । 

 

मुटुको नसा च्यापिएका कारण छाती दुखेपछि डा.केसी गएको सोमबार शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक, भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेण्टरमा भर्ना भएका थिए । 


स्वास्थ्यमा सुधार भएपछि केसीलाई अहिले केहीबेरमा डिस्चार्ज गर्न लागिएको उनको उपचारमा संलग्न डा.अरुण सायमीले जानकारी दिए । 

उनको उपचारमा संलग्न चिकित्सकहरुले डा. केसीलाई तनाव नलिन र नियमित औषधि खान सल्लाह दिएका छन् । तनावका कारण डा.केसीमा हृदयाघातको जोखिम रहेको चिकित्सकको भनाई छ ।


उनी गत सोमबार बिहान ४ बजे स्वास्थ्यमा समस्या देखेपछि उपचारका लागि शिक्षण अस्प्ताल गएका थिए ।

विशेष