मुख्य समाचार

बर्दियामा यात्रुबाहक बस दुर्घटना, एकको मृत्यु, १८ जना घाईते 

बर्दियामा यात्रुबाहक बस दुर्घटना, एकको मृत्यु, १८ जना घाईते 

काठमाडौं । बर्दियामा यात्रुबाहक बस दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । बर्दियाको गुलरिया नगरपालिका –१, खैरापुरमा भएको दुर्घटनामा परि मृत्यु हुनेमा बर्दियाको माछागढ बस्ने ४५ वर्षीय कर्णबहादुर सुनार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । 

 

दुर्घटनामा घाइतेमध्ये ११ जनाको जिल्ला अस्पताल गुलरियामा उपचार भैरहेको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । 

 

बसमा ३२ यात्रु सवार थिए । बर्दियाको सदरमुकाम गुलरियाबाट गेरुवा गाउँपालिकाका लागि छुटेको बस अनियन्त्रित भई दुर्घटना भएको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

विशेष