मुख्य समाचार

गाडी खरिद गर्ने निर्णय सरकारको हो, राष्ट्रपतिको होइन : सञ्चारमन्त्री

गाडी खरिद गर्ने निर्णय सरकारको हो, राष्ट्रपतिको होइन : सञ्चारमन्त्री

काठमाडौं । पछिल्लो समय विवादमा देखापरेको राष्ट्रपतिको गाडी खरिद प्रकरणको विषयलाई लिएर सरकारले आफनो धारणा सार्वजनिक गरेको छ । 


 

बिहीबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलन गरी राष्ट्रपतिको गाडी खरिद प्रकरणबारे सरकारको धारणा सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले नकारात्मक प्रचार भएको भन्दै सम्मानित संथालाई बद्नाम गर्न खोजेर लोकतन्त्रलाई कमजोर बनाउन खोजेको बताए । 

 

उनले गाडी खरिद प्रकरणबारे सञ्चारमाध्यममा आएका टिक्काटिप्पण्ीप्रति सरकारको ध्यानकर्षण भएको भन्दै गाडी खरिद गर्ने निर्णय मुलुक संघीय संरचनामा गएसँगै गरिएको दावी गरे । सम्मानित संस्थालाई विवादित गर्ने उद्देश्यले गाडीको विषय उठाइएको उनले बताए ।


गाडी खरिद गर्ने निर्णय सरकारको भएको र यसमा राष्ट्रपतिको कुनै हात नरहेको उनले स्पष्ट पारे ।  ‘उहाँहरुले यस्तो चाहियो र उस्तो चाहियो भनेर मागेको होइन, सरकारले नै व्यवस्था गर्न खोजेको हो’  सञ्चारमन्त्री बास्कोटाले भने ।  


उनले एउटै गाडीको मूल्य १८ करोड नभएको बताए । मन्त्री बास्कोटाले भने, ‘१८ करोडमा एउटामात्र गाडी किन्न लागेको होइन । राष्ट्रपतिलाई एउटा बुलेट प्रुफ गाडी किन्न लागेको हो ।  १८ करोड एउटै गाडीको मूल्य नभई एउटा बुलेट प्रुफ गाडीसँगै अगुवा पछुवा, एम्बुलेन्स र वैकल्पिक व्यवस्थाका लागि  आधा दर्जन गाडी किन्न खोजेका हौं । यो अघिल्लो सरकारकै निर्णय हो ।’

उनले  राष्ट्रपतिले राष्ट्रपति कार्यालयसँगै रहेको प्रहरी एकेडेमी सार्न दबाब नदिएको बताए ।  यस्तै मन्त्री बास्कोटालेउपराष्ट्रपति कार्यालय समाजकल्याण परिषद्को भवनमा सार्ने र समाजकल्याण परिषद्को कार्यालय ललितपुरको बालकल्याण समितिको भवनमा सार्ने सरकारको निर्णय सही भएको बताए ।

विशेष