मनोरञ्जन

मिस वर्ल्डको प्रतिस्पर्धामा शृंखला अगाडि

मिस वर्ल्डको प्रतिस्पर्धामा शृंखला अगाडि

काठमाडौं । यस बर्षको विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल शृखंला खतिवडा अग्रपंक्तिमा देखिएकी छन् । बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन् । 

 

 

मिस वल्र्ड २०१८ को प्रतिस्पर्धा चीनको सान्या सहरमा जारी छ । प्रतियोगितामा एक सय २१ देशका सुन्दरी सहभागी छन् । शृंखला उत्कृष्ट ३० मा छनौट भई अन्तिम चरणमा प्रवेश गरिसकेकी छन् ।

 

 

मिस वल्र्डका लागि खुला गरिएको भोटका आधारमा उनी बुधबार राति १२ बजेसम्म २८.५५ प्रतिशत मत प्राप्त गरेर पहिलो नम्बरमा छिन् । उनले ७२ हजार एक सय ८४ मत प्राप्त गरेकी छन् । अन्नपूर्ण पोस्टबाट

शृखंला खतिवडा विश्व सुन्दरी प्रतियोगिता

विशेष