खेल

टी–१० लिगः सन्दीपको उत्कृष्ट प्रदर्शन, ३ विकेट लिए

टी–१० लिगः सन्दीपको उत्कृष्ट प्रदर्शन, ३ विकेट लिए

काठमाडौं । युएईमा बुधबारबाट सुरु भएको क्रिकेटको छोटो स्वरूपको प्रतियोगिता टी-१० क्रिकेट लिगमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले शानदार प्रदर्शन गरेका छन्।

 

 

लिग अन्तर्गत सन्दीप रहेको टिम केरला किङसले पख्तुनसँगको खेलमा पहिलो खेलमै ३ विके लिदैं म्यान अफ दि म्याचको उपाधि पाएका छन् । 

 

 

सन्दीपले एकै ओभरमा दुई विकेट लिन सफल भए । पहिलो बलमै विकेट लिएका सन्दीपले ओभरको अन्तिम बलमा समेत विकेट लिएका थिए।

 

 

चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले वेष्ट इण्डिजका आन्द्रे फ्लेचरलाई पहिलो बलमा पेभेलियनको बाटो देखाए। फ्लेचर ३२ रनमा आउट भए। त्यसपछि चौथो ओभरको अन्तिम बलमा सन्दीपले दक्षिण अफ्रीकाका कोलिन इन्ग्रामलाई १ रनमा आउट गरे।

 

 

यस्तै, छैटौं ओभरमा बलिङ गर्न आएका उनले चौथो बलमा मुहमद कलिमलाई शून्य रनमा आउट गर्दै टोलीका लागि तेस्रो सफलता दिलाए। पहिलो खेलमा सन्दीपको टिम ८ विकेटले विजयी भएको छ । 

 

 

डिफेन्डिङ च्याम्पियनसमेत रहेको सन्दीपको टिम टिम इयान मोर्गनको कप्तानीमा मैदान उत्रिएको छ। टिममा  क्रिस गेल, उपुल थारंगा, केरोन पोलार्ड जस्ता खेलाडीहरुको साथ रहेको छ।

 

 

टी–१० लिग खेल्न नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आइतबार युएई गएका थिए । सन्दीपलाई गत महिना केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।

 

सन्दीप लामिछाने टी-१० क्रिकेट लिग

विशेष