मुख्य समाचार

फिदा हुसेनको हत्याको विरोधमा आज पनि प्रदर्शन 

फिदा हुसेनको हत्याको विरोधमा आज पनि प्रदर्शन 

सुनसरी । सुनसरीको दुहबीमा स्थानीय जय बाबा ईँटा उद्योगमा कार्यरत मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा स्थानीयले बिहीबार पनि प्रदर्शन गरेका छन् । 

 

फिदा हुसेनको हत्यारालाई पक्राउको माग गर्दै सुनसरीको विभिन्न स्थानमा स्थानीयले विरोध प्रदर्शन गरेको छन् ।  प्रहरीले शान्ति सुरक्षा दिन नसकेको आरोप लगाउँदै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको हो । 

 

प्रदर्शनकारीले हत्या गरिएका हुसेनलाई शहीद घोषणा गर्नुपर्ने, हत्यारा पक्राउ गरी कडा कारवाही गर्नुपर्ने, पीडितलाई क्षतिपूर्ति दिनुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्नेलगायतका पाँच सूत्रीय माग राख्दै सुनसरीको विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेका हुन् ।
 

दुहबीमा विरोध प्रदर्शनका कारण यातायातका साधन अवरुद्ध हुँदा यात्रुलाई आवतजावत गर्न समस्या भएको छ । उक्त सडकखण्डमा अति आवश्यक सवारी साधनबाहेक कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । 

बुधबार बिहानै सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेन मोर्निङवाकमा निस्केका बेला अज्ञात व्यक्तिको समूहले गोली हानेर उनको हत्या गरेको थियो । 

हत्याको विरोधमा बुधबार स्थानीयवासीले सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई आफ्ना ५ सुत्रीय मांग राख्दै ज्ञापनपत्र समेत बुझाएका थिए । 

विशेष