मनोरञ्जन

यसकारण छोडिन् स्वस्तिमाले ‘दाल, भात, तरकारी’

यसकारण छोडिन् स्वस्तिमाले ‘दाल, भात, तरकारी’

काठमाडौं । ‘शत्रुगते’ को सफलता पछि महजोडि पुनः फिल्म ‘दाल, भात, तरकारी’ लिएर आउने भएका छन् । किरण केसीले निर्माण गर्ने उक्त फिल्मकोे केही दिन अघि कलाकार हारिवंश आचार्यको जन्मदिनको अवसरमा फिल्मको शुभ मुर्हुत भयो । नायिका स्वस्तिमा खड्का पनि फिल्ममा मुख्य भूमिकामा फाइनल भएकी थिइन् । बीचमा उनले फिल्म नगर्ने भएपछि उनलाई नायिका आँचल शर्माले रिप्लेस गरेकी छन् । 

 

नायिका खड्का सिक्किमका निर्माताले बनाउन लागेको फिल्म ‘हजार जुनीसम्म’ मा सोलो भूमिकामा फाइनल भएकी छन् । उक्त फिल्मलाई विकास राज आचार्यले निर्देशन गर्दै छन् । स्वस्तिमाले सोललो फिल्म गर्नको लागि पनि उक्त ‘मल्टि स्टारर’ फिल्ममा काम नगरेको भनेर फिल्मवृत्तामा हल्ला भयो । यसबारे एक अन्तर्वार्तामा नायिका खड्काले भनिन्, ‘दाल, भात, तरकारीको टिम मेरो ड्रिम टिम हो । काम गर्न मन थियो । तर, केही व्यवसायिक कुरा नमिलेर काम गरिन । मल्टि स्टाररमा काम गर्दा झनै धेरै कुरा सिक्न पाइन्छ । त्यो बाहेक अरु कुरा नमिलेर नगरेको हुँ । चित्त न नबुझे पनि फिल्म गर्नु भनेकोे फिल्मको लागि नराम्रो हो । त्यसको नतिजा राम्रो आउउँदैन । यो कुरा उहाँहरूले पनि बुझ््नुभयो ।’ 

 

 फिल्म ‘दाल, भात, तरकारी’ ले सामान्य नागरिकले दैनिक छाक टार्न गर्ने संघर्षको कथा बोल्ने बताइएको छ । 

‘दाल, भात, तरकारी’

विशेष