खेल

शहीद स्मारक ए डिभिजन लिग :एनआरटीमाथि च्यासलको सहज जित 

शहीद स्मारक ए डिभिजन लिग :एनआरटीमाथि च्यासलको सहज जित 

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले न्युरोड टिम (एनआरटी) माथि सहज जित हात पारेको छ । 

 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा च्यासलले एनआरटीलाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलमा १४ औं मिनेटमा अमिर श्रेष्ठले गोल गर्दै च्यासलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा २–० को अग्रता बनाएको च्यासलका लागि दोस्रो गोल अमिरले नै गरे । उनले खेलको २८ औं मिनेटमा दोस्रो गोल गरेका हुन् ।

खेलको ५७ औं मिनेटमा विमल घर्तीमगरले हेडमार्फत गोल गरे भने ६३ औं मिनेटमा विमलको पासमा सन्तोष साहुखलले  गोल गर्दै च्यासलले खेलमा ४–० को अग्रता बनायो । खेलको ८६ औं मिनेटमा बिमलले थप एक गोल गर्दा च्यासल ५ गोल गर्न सफल भयो । 

खेलको अतिरिक्त सयममा एनआरटीले सान्त्वना स्वरुप एक गोल फर्कायो । एनआरटीका लागि मोसोद अग्बोलाले गोल गर्दै खेल ५–१ गोलको स्थितिमा ल्याए ।  


बिहीबार नै हुने दोस्रो खेलमा लिग लिडर थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लब प्रतिस्पर्धा गर्दैछन् । यी दुईको खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा  हुदैछ ।

विशेष