मुख्य समाचार प्रदेश ७

डडेल्धुरा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो (अपडेट)

डडेल्धुरा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो (अपडेट)

डडेल्धुरा । बिहीबार साँझ डडेल्धुरामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ ।  

 

 

डडेल्धुरा र डोटीको सीमानामा पर्ने रडुवा खोलामा दुर्घटनामा परेको से १ च २९३ नम्बरको बसमा ४५ बढी सवार रहेकोमा १८ जनाको मृत्यु भएको हो ।

 

 

बिहीबार साँझसम्म १७ को मृत्यु भएकोमा थप एकजनाको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

 

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक डम्बर बहादुर केसीले १० जनाको घटना स्थलमै र ८ जनाको उपचारका क्रममा उपक्षेत्रिय अस्पताल डडेल्धुरामा मृत्यु भएको जानकारी दिए ।

 

 

यस्तै, डडेल्धुरामा उपचार सम्भव नभएपछि १७ जनालाई रेफर गरिएको उनले बताए । अन्यको उप क्षेत्रिय अस्तालमै उपचार भइरहेको छ। एकदुई जना बाहेक मृतकको पहिचान नभएको प्रहरी नायब उपरिक्षक केसीले बताए ।

 

 

बस दुर्घटनाको कारण नखुलेपनि घुम्तीमा दुर्घटना भएकाले मोडन नसक्दा बस खसेको हुन सक्ने अनुमान गरिएको छ । बस डोटीको शिखर नगरपालिका अन्तर्गत बान्डुरीसैन स्थित पिसजोन एकाडेमीको हो ।

 

 

अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएकाहरुले स्कुल बस लिएर आएका थिए। मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो । 
 

डडेल्धुरा बस दुर्घटना

विशेष