दार्चुलामा बस दुर्घटना, २ जनाको मृत्यु (अपडेट)
दार्चुला । दार्चुलामा भएको मिनीबस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । यस्तै, १९ जना घाइते भएका छन् ।
जिल्लाको मालिकार्जुन मन्दिरको मेला भरेर सदरमुकाम खलंगातर्फ गइरहेको म १ ख ४३६ नम्बरको मिनीबस मालिकार्जुन–३, तेर्थालेकमा शुक्रबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । नेपाल प्रहरीका डीएसपी नवराज अधिकारीले दुर्घटनाको पुष्टि गर्दै ५५ वर्षीय अनील पाल र अर्का एक पहिचान नखुलेका व्यक्तिको घटनास्थलमै ज्यान गएको जानकारी दिएका छन् ।
मृतक पाल भारतीय नागरिक हुन् । दुर्घटनामा १९ जना घाइते छन् । तीमध्ये ४ को जिल्ला अस्पतालमा र बाँकी १५ को गोकुलेश्वर अस्पताल उपचार भइरहेको डीएसपी अधिकारीले जानकारी दिए ।
बसमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन । बस दुर्घटना भएको खबर पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धार गरेका थिए ।
सडकबाट करिब ३ सय मिटर तल खसेको बस क्षतविक्षत छ । बिहीबार मात्रै डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
मिनीबस दुर्घटना दार्चुला