अर्थ मुख्य समाचार

किष्ट बैंक घोटाला प्रकरण : घर्ती र श्रेष्ठलाई आज अदालतमा पेश गरिदै

किष्ट बैंक घोटाला प्रकरण : घर्ती र श्रेष्ठलाई  आज अदालतमा पेश गरिदै

काठमाडौं । तत्कालिन किष्ट बैंक घोटाला काण्डमा पक्राउ परेका सो बैंकका नायब महाप्रबन्धक बीएन घर्ती र प्रगुन श्रेष्ठलाई शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले  अदालतमा पेश गर्दैछ । 

 

उनीहरुलाई थप अनुसन्धानको लागि शुक्रबार काठमाडौं जिल्ला अदालमा पेश गरिने सीआईबीका प्रवक्ता एंवम प्रहरी उपरिक्षक सुदीप गिरीले जानकारी दिएका छन् ।  ब्युरोले घर्ती र श्रेष्ठलाई बिहीबार नियन्त्रणमा लिएको थियो । 

ब्युरोले गत असोज १९ गते भारतबाट बैंकका तत्कालीन सिइओ कमल ज्ञवालीलाई पक्राउ गरेको थियो। ज्ञवालीले कमसल धितो राखी १४ करोड रुपैयाँ घोटाला गरिएको अदालतले ठहर गरेको थियो। ज्ञवालीको बयानको आधारमा नै घर्ती र श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

 

ज्ञवालीलाई २०७३ जेठमा तत्कालीन पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासले बैकिंङ कसुर ठहर गरेको थियो । यस्तै अदालतले बैंकिङ कसुरको अभियोगमा ज्ञवालीसहित आठ जनालाई कैद र जरिवानाको फैसला गरेको थियो। नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवालीलाई चार वर्ष कैद र १५ करोड जरिवाना तिराउने फैसला गरेको हो। 

विशेष