मुख्य समाचार

चाकरी र घुस दिन नसकेको भन्दै राजीनामा दिने डा.अधिकारीद्धारा गल्ती भएको स्वीकार (विज्ञप्तिसहित)

चाकरी र घुस दिन नसकेको भन्दै राजीनामा दिने डा.अधिकारीद्धारा गल्ती भएको स्वीकार (विज्ञप्तिसहित)

काठमाडौं ।  चाकडी र घुस दिन नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा पत्र बुझाएका डा ध्रुबराज अधिकारीले आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । 


उनले कानुनी प्रक्रिया र प्रशासनिक विषयवस्तुको अज्ञानताका कारण स्वास्थ्य सेवा ऐन अनुसार काम गर्न नसकेको स्विकार गरेका छन्।

 

वीर अस्पतालका न्यूरो सर्जन डा. अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य ऐन अनुसार काम गर्न नसकेको भन्दै गल्ती स्विकार गरेका हुन्।

उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भएको पदस्थापनामा त्यसै बेला रमाना लिई हाजिर हुनु पर्नेमा कानुनी प्रक्रिया र प्रशासनिक विषयवस्तुको अज्ञानताबस उक्त अस्पतालमा हाजिर हुन नगएका कारण समस्या सिर्जना भएको जनाएका छन्।

विशेष