मुख्य समाचार

निर्मलाको हत्यारा पत्ता लगाई हामी कारबाही गछौं : प्रकाण्ड

निर्मलाको हत्यारा पत्ता लगाई हामी कारबाही गछौं : प्रकाण्ड

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तको हत्यारालाई आफैं कारबाही गर्ने बताएको छ ।

 

 

 

भृकुटीमण्डपमा शनिबार भएको जनसभामा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको भन्दै असन्तुष्टि जनाए । 


उनले भने, ‘निर्मलाको हत्यारालाई अब हामी कारबाही गर्छौं ।’

 

 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय २२ दिन बितिसक्दा पनि हत्यारा पत्ता नलाग्नुले घटनामा सरकारकै संलग्नता रहेको प्रष्ट हुने  प्रकाण्डको आरोप छ ।

प्रकाण्डले केपी ओली सरकार बनेपछि देशमा थुप्रै राष्ट्रघाती कामहरु अगाडि बढेको आरोप लगाएका छन् ।

 

‘सरकारका मन्त्रीहरुको काम भनेको भष्ट्रचार र कमिसन खाने भएको छ । ओलीले भष्ट्राचार देखेर पनि बुच पचाउनु भएको छ’, नागरिक उड्यन मन्त्रालयको कुरा निकाल्दै प्रकाण्डले  भने, ‘६ अर्बभन्दा बढी भ्रष्टाचार भएको ओलीलाई किन थाहा नभएको ?’

यस्तै उनले आफूहरुले वैज्ञानिक समाजवाद ल्याउन २०६२÷६३ को आन्दोलन गरे पनि देश दलाल पुँजीवादको हातमा गएको बताए। 

विशेष