मनोरञ्जन

विवाहस्थलसम्म प्रियंका र निक हेलिकप्टर चार्टड गरेर जाने

विवाहस्थलसम्म प्रियंका र निक हेलिकप्टर चार्टड गरेर जाने

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा अमिरिकी गायक निक जोनससँग यही डिसेम्बर २ / ३ मा विवाह गर्दै छिन् । दुवैले भारतको जोधपुरस्थित उम्मेद भवन प्यालेसमा विवाह गर्न लागेका हुन् । विवाहस्थलसम्म प्रियंका र निक हेलिकप्टरमा जानेछन् । त्यस्तैगरि विवाहमा सामेल हुने आफन्त पनि जोधपुर एयरपोर्टदेखि हेलिकप्टरमा नै विवाहस्थलसम्म सवार हुनेछन् । 

 

विवाहको संगीत समारोहमा निकले प्रियंकाको लागि हिन्दी गीत पनि गाउनेछन् । त्यस्तैगरि निक प्रियंकाका फिल्मका गीत गल्ला गुडिया, देशी गर्ल, पिंगा लगायतका गीतमा पनि प्रस्तुती दिनेछन् । निक आफ्नो टोलीसँग ४५ मिनेट लामो प्रस्तुती दिनेछन् । 
२ डिसेम्बर र ३ डिसेम्बरमा निकयांकाको हिन्दी रितिरिवाजमा विवाह हुनेछ । दीपवीरजस्तै निकयांका पनि आफ्ना विवाहको दुईवटा पार्टी दिनेछन् । एक रिसेप्सन दिल्लीमा हुनेछ भने अर्को मुम्बईमा । 

 

खबर अनुसार निक र प्रियंकाले विवाहमा प्रधानमन्त्री मोदीलाई पनि निमन्त्रणा गर्नेछन् । उनीसँगै अन्य राजनीतिज्ञहरूलाई पनि निमन्त्रणा दिइनेछ । मुम्बईमा हुने रिसेप्सनमा सलमान खान र उनका परिवार, रणबीर कपूर, आलिया भट्ट, कट्रिना क्याफ, फरहान अख्तार, सिद्धार्थ रोय कपूरसहित अन्य सलिब्रेटि सामेल हुनेछन् । 

 

प्रियंका र निकको विवाहमा जाने गेस्ट एयरपोर्टबाट सिधै हेलिकप्टर चार्टड गरेर विवाहस्थलसम्म पुग्नेछन् । जसकारण दुुलही बनेकी प्रियंका र त्यहाँ जाने पाहुुनाको पनि फोटो सार्वजनिक हुने छैन । दीपवीरजस्तै निकयांकाको विवाहको तस्विर हेर्न पनि फ्यानलाई धेरै प्रतिक्षा गर्नुपर्नेछ ।  
 

प्रियंका चोपडा

विशेष