खेल

 ए डिभिजन लिग : हिमालयन शेर्पाको अपराजित यात्रा कायमै

 ए डिभिजन लिग : हिमालयन शेर्पाको अपराजित यात्रा कायमै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाले जावलाखेल युथ क्लबलाई पराजित गदै आफनो अपराजित यात्रा कायम गरेको छ ।

 

 

 

शनिबार हलचोकमा भएको खेलमा हिमालयन शेर्पाले जावलाखेलाई २—१ गोल अन्तरले हराएको हो ।   खेलमा सुरुवात देखि नै दबाब बनाएको हिमालयन शेर्पाले गोल गर्न भने दोस्रो हाफसम्म कुर्नप¥यो । 

 

खेलको ६६ औं मिनेटमा कर्ण लिम्बूले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाए । विश्वास श्रेष्ठको प्रहार डिफ्लेक्ट भएर आएको बेललाई कर्णले गोलमा परिणत गरे । त्यसपछि ७५ औं मिनेटमा फेरि कर्ण लिम्बुले नै गोल गर्दै अन्तर दुई शून्यमा पुर्याए ।

 

 

खेलको ७८ औं मिनेटमा शेर्पाले पुनः मौका पाए पनि त्यसको सुदपयोग गर्न सकेन ।  खेलमा दुई शून्यले पछि परेको जावलाखेलले ८६ औं मिनेटमा एक गोल फर्कायो । उसका लागि अनिश गुरुङले गोल गरे । जावलाखेलले तीनवटा मौका पाएपनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा हार व्यर्होन पुग्यो । 

 

जितसँगै हिमालयन शेर्पा तीन खेलबाट सात अंकका साथ लिगको तेस्रो स्थानमा उक्लिएको छ । 

विशेष