खेल

स्पेनिस ला लिगा :लेगानेश विजयी  

स्पेनिस ला लिगा :लेगानेश विजयी  

काठमाडौं ।  स्पेनिस ला–लिगा फुटबल अन्र्तगत गएरातीको भएको खेलमा लेगानेशद्धारा डिर्पोर्टिभा आलभेष पराजित भएको छ । डिर्पोर्टिभो अलाभेषलाई १–० ले हराउँदै लेगानेशले सिजनको तेस्रो जित हात पारेको हो । 

 

 

 

एकमात्र गोल भएको उक्त खेलमा लेगनेशका लागि युसेफ एन नेस्राीले गोल गरेका थिए । उनले खेलको ४२ औं मिनेटमा गोल गरेका हुन् । 
प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले राम्रा अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न भने सकेनन् । जितसँगै लेगानेशले ३ अंक प्राप्त गरेको छ । 

 

 

 

हारसँगै डिर्पोटिभो अलाभेषले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ । १३ खेलको समाप्तीमा २३ अंक जोडेको अलाभेष तालिकाको चौथो स्थानमा छ । समान अंक भएका सेभिया र एट्लेटिको मड्रिड क्रमश तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् । शीर्ष स्थानको बार्सिलोनाको २४ अंक छ ।  ला लिगामा आज तीन खेल हुनेछन् ।शनिबार रियल मड्रिड र आईबर, भ्यालेन्सीया र रायो भल्कानो तथा हुएस्का र लेभान्तेले प्रतिस्पर्धा गर्नेछन् ।  
 

विशेष