भरतमा फ्लप भइसकेको ‘ठग्स अफ हिन्दूस्तान’ को प्रोमोसन गर्न कट्रिना चीन नजाने
एजेन्सी । भारतीय अभिनेत्री कट्रिना क्याफ यतिबेला लुधियानामा सलमान खानसँग फिल्म ‘भारत’ को सुटिङमा व्यस्त छिन् । यसअघि कट्रिनाले फिल्म ‘ठग्स अफ हिन्दूस्तान’ मा काम गरेकी थिइन् । जसमा उनले ‘नाच गर्ल’ को भूमिका निभाएकी थिइन् । ‘ठग्स अफ हिन्दूस्तान’ अर्को वर्ष चीनमा रिलिज गर्ने तयारीमा छ । तर, कट्रिना फिल्मको प्रचार गर्न चीन नजाने भएकी छिन् ।
स्रोतले जनाएअनुसार, कट्रिनाले उक्त फिल्ममा निकै छोटो भूमिका निभाएकी थिइन् । जसलाई सामाजिक सञ्जालको माध्यमबाट प्रचार गरिएको थियो । स्रोतले जनाएअनुसार, फिल्ममा उनलाई जुन तरिकाको फुटेज दिइएको थियो त्यसबाट कट्रिना सन्तुष्ट थिइनन् । फिल्म दिवालीको समयमा रिलिज भएको थियो । राम्रो ‘ओपनिङ’ मिले पनि फिल्म चल्न सकेन ।
अब ठग्सका मेकर्सको आशा नै चिन रिलिजमा अडिएको छ । जुन अर्को वर्ष फेब्रुअरीमा रहेको छ । फिल्मका निर्माताले प्रचारको लागि केही कलाकारलाई चीन लैजाने कुरा गरेका थिए जसमा कट्रिना पनि थिइन् । तर कट्रिनाले यस प्रस्ताव नकारेकी छिन् । फिल्म ‘भारत’ को सुटिङ सकाएपछि कट्रिना रेमो डिसुजाको डान्स फिल्मको सुटिङ गर्दै छिन् जसमा वरूण धवान पनि हुनेछन् ।
करिब ३०० करोडको लागतमा बनेको फिल्मले १४९ करोड रूपैयाँको कमाइ गरेको छ । फिल्ममा अमिताभ वच्चन, आमिर खान र फातिमा सना शेखको मुख्य भूमिका रहेको छ ।