मुख्य समाचार

निर्मलाको बुबाको स्वास्थ्य अवस्था बिग्रिएपछि रविन्द्र मिश्रको प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न -तपाईहरु कसरी कम्युनिस्ट हुनुभयो ?

निर्मलाको बुबाको स्वास्थ्य अवस्था बिग्रिएपछि रविन्द्र मिश्रको प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न -तपाईहरु कसरी कम्युनिस्ट हुनुभयो ?

काठमाडौं । विवेकशील साझाका संयोजक  रविन्द मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई कसरी कम्युनिस्ट हुनु भयो भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् ओली र थापालाई प्रश्न गरेका हुन् । 

 

 

उनले फेसबुकमा भनेका छन् , यो भिडियो हेरेपछि, सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू, सिधै तपाईंलाई नगुहारी रहन सकिन। मन भक्कानिएर आयो। यस्तो निर्दयी बनेर तपाईं कसरी कम्युनिस्ट हुनुभयो ? तपाईंका गृहमन्त्री कसरी कम्युनिस्ट भए ?

 

हुनत, यो निर्दयीपना तपाईंहरूले विगतमा नदेखाएको होइन तर अहिले त आफैं सरकारमा हुनुहुन्छ। कुनै बहाना बनाउन सक्नुहुन्न। केही गर्नोस्, तुरून्त गर्नोस्। निर्मलालाई न्याय मात्र होइन, अबत निर्मलाको परिवार पनि तपाईंको जिम्मेवारी भैइसक्यो।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुबा यज्ञरााज पन्तको धर्नामा बस्दा हिजो स्वास्थ्य अवस्था बिग्रिन पुगेको थियो । उनी छोरीको न्यायका लागि धर्नामा बस्दै आएका थिए । 


 

विशेष